मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर २१ शनिबार १९:१६:००
Read Time : < 1 मिनेट
समाचार

करिब ९ लाख नगदसहित तीन पक्राउ 

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २१ शनिबार १९:१६:००

सिरहा प्रहरीले अवैध भारू नगद लिएर हिड्ने तीन जनालाई पक्राउ गरेकाे छ । सिरहाको भगवानपुर गाउँपालिका-१ भगवानपुर चाेकमा जाँचको क्रममा अवैध भारू रुपैयाँ बाेकेका तीन जनालाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट भगवानपुरले लहानबाट सीमावर्ती ठाडी जाँदै गर्दा भारतीय नम्बर प्लेट डब्लुबी ०६ एफ ७२३२ नम्बरको कारलाई जाँचको क्रममा ५ लाख २९ हजार भारतीय नगद बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका-९ का २७ वर्षीय उमेश कुमार महराको साथबाट ४ लाख भारतीय रुपैयाँ, लहान नगरपालिका-१९ का ३४ वर्षीय जिवछ कुमार साहको साथबाट १ लाख २९ हजार भारतीय रुपैयाँ गरी ५ लाख २९ हजार र लहान नगरपालिका-२० का ४० वर्षीय श्रीदेव महतोको साथबाट ४९ हजार नेपाली रूपैयाँ बरामद भएको प्रहरी उपरीक्षक उमा प्रसाद चर्तुवेदीले बताए ।

उनीहरुसँगै गाडी चालक सुनसरीको रामधुनी नगरपालिका-९ का ३६ वर्षीय श्रवण कुमार चौधरीलाई पनि पक्राउ गरिएको छ । स्रोत नखुलेको भारतीय नगद बरामद भएकाले थप अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय इटहरी पठाइएको प्रहरी उपरीक्षक चर्तुवेदीले जानकारी दिए ।