१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २१ शनिबार १७:५७:००
Read Time : < 1 मिनेट
समाचार

सात जिल्लाका प्रहरी प्रमुख फेरिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २१ शनिबार १७:५७:००

प्रहरी प्रधान कार्यालयले सात जिल्लाको प्रहरी नेतृत्व हेरफेर गरेको छ । एसपी र डिएसपीको काज सरुवामार्फत हेरफेर गरिएको हो । 

शुक्रबार गरिएको सरुवाअनुसार काभ्रेमा एसपी रवि कुमार पौडेल, सर्लाहीमा विश्वमणि पोखरेल, स्याङजामा जनार्दन जिसी, धादिङमा रविन्द्र रेग्मीलाई सरुवा गरिएको छ । त्यस्तै, डिएसपी प्रमुख हुने तीन जिल्लाका इन्चार्ज पनि फेरिएका छन् । दोलखामा डिएसपी रेवतीरमण पोखरेल, ओखलढुंगामा रुपेश खड्का, बाजुरामा टंकप्रसाद भट्टराईलाई खटाइएको छ ।

सरुवाअनुसार उपत्यकाका तीन वृत्तका इन्चार्ज पनि फेरिएका छन् । बालाजु वृत्तमा रंजितसिंह राठौर, सातदोबाटो वृत्तमा मित्रबन्धु शर्मा तथा थानकोट वृत्तमा घनश्याम श्रेष्ठको इन्चार्जको सरुवा भएको छ । तीन वटा वृत्तमा कार्यरत डिएसपीको एक वर्षको कार्यकाल पुगेकाले सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुवामा विभिन्न इप्रका तथा वडा कार्यालयका प्रमुख पनि फेरिएका छन् । वडा प्रहरी कार्यालय बैदाम, कास्कीमा यादब ढकाललाई पठाइएको छ । त्यहाँ कार्यरत कोमल शाहलाई उपनिर्वाचनमा सुरक्षा दिन नसकेको आरोपमा हटाइएको थियो । इप्रका लहानमा शरद कुमार थापा क्षत्री, इप्रका मिर्चेयामा डिएसपी सन्तुलाल प्रसाद जैसवार, इप्रका हंशपुर कास्कीमा अर्जुन रानाभाट, इलाका प्रहरी कार्यालय पथरी मोरङमा दिलिप गिरी तथा इप्रका गरुडाबजार रौतहटमा ज्ञानकुमार महतोलाई सरुवा गरिएको छ ।

सामान्यतया ठूलो सरुवा नियमित सरुवामार्फत हुने गर्दछ । तर, प्रहरी प्रधान कार्यालयले काज सरुवामार्फत जिल्ला र इप्रकाका इन्चार्जहरु हेरफेर गरिएको छ । प्रहरी नियमावली अत्यावश्यक अवस्थामा मात्र काज सरुवा गर्ने उल्लेख छ ।