१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २१ शनिबार १५:४८:००
Read Time : < 1 मिनेट
समाचार

एसपी र डिएसपीको सरुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २१ शनिबार १५:४८:००

प्रहरी प्रधान कार्यालयले आठ प्रहरी उपरीक्षक (एसपी) र २१ प्रहरी नायब उपरीक्षक (डिएसपी)को काज सरुवा गरेको छ ।

नेपाल प्रहरीको शुक्रबारको निर्णयअनुसार प्रहरी प्रधान कार्यालय कानून शाखाका एसपी जनार्दन जिसीलाई स्याङ्जा र स्याङ्जाका राजकुमार लम्साललाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । 

सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई प्रहरी प्रधान कार्यालय कानून शाखा, प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका विश्वमणि पोखरेललाई सर्लाही, महानगरीय ट्राफिक प्रहरी महाशाखाका रविकुमार पौडेललाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र काभ्रेका जयराज सापकोटालाई २ नं प्रदेश प्रहरी कार्यालय जनकपुरमा सरुवा गरिएको छ । 

यस्तै धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारलाई महानगरीय ट्राफिक प्रहरी महाखाशा तथा कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी रवीन्द्र रेग्मीलाई धादिङमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीले शुक्रबार नै २१ प्रहरी नायब उपरीक्षकको समेत काज सरुवा गरेको छ ।