मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २१ शनिबार १४:३८:००
Read Time : < 1 मिनेट
समाचार

नागरिक उड्डयनकाे क्षेत्रलाई सुरक्षित बनाउन शून्य सहनशिलताको नीति : मन्त्री भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २१ शनिबार १४:३८:००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नागरिक उड्डयनको क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन सरकारले शुन्य सहनशिलताको नीति लिएको बताएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका आवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपालको नागरिक उड्डयनको क्षेत्रमा दिइने सेवा, सुविधा र सुरक्षा अन्तर्राष्ट्रिय स्तरसम्म पुगेकोले यसको सुधारका लागि सरकार प्रतिवद्ध रहेको बताएका हुन् । उनले आइकाओ लगायतका अन्तर्राष्ट्रिय संगठनहरुले उठाउने विषयहरु सुरक्षाको मामला, सेवा, अडिट तथा मूल्यांकनमा राम्रो सुधार गरिएको बताए । 

मन्त्री भट्टराईले उड्डयन क्षेत्रको सेवा, सुविधा तथा सुरक्षामा कुनै कमी आउन नदिने प्रतिवद्धता सबै उड्डयन कम्पनी तथा कर्मचारीले गर्नुपर्ने समेत बताए । उनले नागरिक उड्डयान सम्बन्धी सेवा र सुरक्षाको लागि सरकारले कुनै सम्झौता नगर्ने भन्दै अभियानमा साथ दिन सबै पक्षलाई आग्रह गरे । 

उनले सबैपक्षको सहयोग र प्रतिवद्धता भए नेपालमा दशकौंदेखि कुनैपनि दुर्घटना भएका छैन भन्ने स्थिति बनाउन सकिने समेत बताए । तर अझैपनि यात्रुको सेवामा उड्डयन कम्पनीहरुले शुल्कको आधारमा सेवा तथा सुरक्षा दिदै आएको बताउँदै त्यसमा सुधार गर्नुपर्ने बताए ।