१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर २१ शनिबार ०९:०९:००
Read Time : < 1 मिनेट
सप्तरंग

सँगसँगैको शुभमुहूर्त

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २१ शनिबार ०९:०९:००

फिल्म ‘सँगसँगै’ निर्माण हुने भएको छ । फिल्मको निर्देशन मधुसूदन भट्टराईले गर्ने भएका छन् । साथीबीचको सम्बन्ध र समर्पणको कथामा फिल्म निर्माण गरिन लागेको निर्माण पक्षले जनाएको छ । शुक्रबार भद्रकाली मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको छ । 

फिल्ममा सौगात मल्ल, मुकुन  भुसाल,  सृष्टि श्रेष्ठ र आस्मा गिरीलगायत अभिनय रहनेछ ।  सञ्चारकर्मी लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मको शुभमुहूर्त सर्टको निर्देशन ऋषिराज आचार्यले गरेका थिए ।  क्यामेरा स्विच अन चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले गरेका थिए । 

सुवानी फिल्मस्को ब्यानरमा बन्ने फिल्मका निर्माता तोरण क्षेत्री, विष्णु लामिछाने, रोशन केसी र विष्णबहादुर क्षेत्री हुन् । माघ पहिलो साताबाट सुटिङ सुरु हुने फिल्मको शुभमुहूर्तमा चलचित्रकर्मी तथा सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो ।