१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर २१ शनिबार ०८:३७:००
Read Time : < 1 मिनेट
अर्थ

आर्थिक परिवर्तन आवश्यक रहेकोमा जोड

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २१ शनिबार ०८:३७:००

देशमा तीव्र रूपमा राजनीतिक क्रान्ति भइसकेकाले अब भने आर्थिक र सामाजिक परिवर्तन आवश्यक रहेको सरोकारवालाले बताएका छन् । नेपाल खुला विश्वविद्यालयको व्यवस्थापन संकायले राष्ट्रिय योजना आयोग, ग्लोबल सेन्टर फर रिसर्च एन्ड डेभलपमेन्ट र ओडिसी पोलिसी हबसँगको संयुक्त कार्यक्रममा विज्ञहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा ओडिसी पोलिसी हबका कार्यकारी अध्यक्ष मोहनदास मानन्धरले देशले धेरै राजनीतिक परिवर्तन देखिसकेकाले अब भने ढिला नगरी आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताए । नेपाल खुला विश्वविद्यालयको व्यवस्थापन तथा कानुन संकायकी डिन प्रा.डा. सिलु मानन्धर बज्राचार्यले आर्थिक विकासमा माहोल बनाउन विभिन्न खाले आर्थिक विषयमा छलफल कार्यक्रम आवश्यक रहेको बताइन् । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रा.डा. पुष्कर बज्राचार्यले विगतमा नेपालले के–कस्ता विकास नीति अवलम्बन गर्‍यो र नेपाल किन गरिबी, पछौटेपना र अविकासको भुमरीमा फस्यो भन्ने विषयमा गहिरो गरी अध्ययन हुनुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कँडेलले १५औँ योजनामार्फत समृद्धिको यात्रामा लम्किने बताए ।