१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७६ मङ्सिर २१ शनिबार ०८:३७:००
Read Time : > 2 मिनेट
अर्थ

धेरै नाफा कमाउने कम्पनीमा तलब भने थोरै

Read Time : > 2 मिनेट
एजेन्सी
२०७६ मङ्सिर २१ शनिबार ०८:३७:००

विश्वमा सबैभन्दा धेरै नाफा कमाउने कम्पनीमा तलब भने थोरै हुने गरेको पाइएको छ । साउदी अरेबियाको तेल कम्पनी अराम्कोले विश्वव्यापी तेल उत्पादनमा ठूलो हिस्सा ओगट्ने मात्र होइन, उसको निर्णयमा राष्ट्रको भाग्यसमेत निर्भर छ । तर, कम्पनीका कर्मचारीले भने तुलनात्मक रूपमा कम तलब पाउने गरेका छन् । अराम्को साउदी अरेबियाका लागि दुहुनु गाईजस्तै कम्पनी हो । तर, अन्यत्रका समकक्षीका तुलनामा यस कम्पनीका कार्यकारीको जीवनशैली भने निकै साधारण हुने गरेको छ । 

गत वर्ष प्रमुख व्यवस्थापकीय र सञ्चालन समितिका कुल १७ सदस्यबीच ३ करोड डलरबराबरको लाभ बाँडिएको थियो । यो प्रतिद्वन्द्वी कम्पनी एक्सोन मोबिल कर्पोरेसन र चेभ्रोन कर्पोरेसनमा बाँडिएको लाभको तुलनामा आधा मात्रै हो । सन् २०१६ मा कम्पनीका प्रमुख कार्यकारी अधिकारी आमिन नासरले ५० लाख डलरबराबरको रकम बुझेका थिए । यो सोही समयमा एक्सोनका प्रमुख कार्यकारी अधिकारी रेक्स टिल्लर्सनले पाएको रकमको पाँच भागको एक भाग हो । कर प्रणालीलगायतका कुरालाई लिने हो भने पनि यो संख्या कम्पनीका लागि तय गरिएको उच्चस्तरको योजनाको तुलनामा निकै कम हो ।

साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानले सरकारले कम्पनीमा भएको सेयर बिस्तारै बिक्री गर्न थालेपछि कम्पनीको मूल्यांकन २ ट्रिलियन डलरमा पु¥याउने चाहना व्यक्त गरेका छन् । यो सन् १९७० को दशकमा कम्पनी राज्य नियन्त्रणको दायरामा आएपछिको सबैभन्दा ठूलो आर्थिक परिवर्तनको केन्द्रबिन्दु हुनेछ । सी सुट (कम्पनीभित्रका कार्यकारीस्तरका म्यानेजर) भित्र, वरिष्ठ कार्यकारी अधिकारीलाई लामो समयदेखि दीर्घकालीन सफलताले अन्य सबै प्राथमिकतालाई कुल्चिदिन्छ भनेर सिकाइएको छ । यो व्यक्तिगत सुधारभन्दा पनि राज्यको भविष्यको कुरा हो, भनिएको छ । 

साउदी अरेबियाको तेल कम्पनी अराम्कोले विश्वव्यापी तेल उत्पादनमा ठूलो हिस्सा ओगट्ने मात्र होइन, उसको निर्णयमा राष्ट्रको भाग्यसमेत निर्भर छ । तर, कम्पनीका कर्मचारीले भने तुलनात्मक रूपमा कम तलब पाउने गरेका छन् । अन्यत्रका समकक्षीका तुलनामा यस कम्पनीका कार्यकारीको जीवनशैली निकै साधारण हुने गरेको छ ।

अराम्कोले औसत तथ्यांकभन्दा तल गएर क्षतिपूर्तिको संख्या सार्वजनिक रूपमा खुलाएको छैन । यो नीति व्यवस्थापकहरूलाई अराम्कोको रणनीति र उद्देश्यअनुरूप क्षतिपूर्ति दिनका लागि रहेको साउदी अरेबियाली तेल कम्पनी पनि भनिने अराम्कोका प्रवक्ताले बताएका छन् । मोहम्मदले सुधारको प्याकेज ‘भिजन २०३०’ लाई सहयोग गर्न कम्पनीका केही सेयर लगानीकर्ताभन्दा बाहिरका मानिसलाई बिक्री गर्न चाहेका छन् । उनको लक्ष्य भनेकोे अर्थतन्त्रलाई विविधीकरण गर्नु, बेरोजगारी घटाउनु र तेलमाथिको निर्भरतालाई कटौती गर्नु रहेको छ । 

गत वर्ष अराम्कोले १ खर्ब ११ अर्ब डलर नाफा कमाएको थियो । यो उसका प्रतिद्वन्द्वी कम्पनी एक्सोन, चेभ्रोन, रोयल डच सेल पिएलसी, बिपी पिएसी र टोटल एसएको कुल आम्दानीभन्दा धेरै हो । साथै, यसको आइपिओ (सार्वजनिक सेयर निष्कासन) को लक्ष्यले यसलाई विश्वको सबैभन्दा मूल्यवान् सार्वजनिक कम्पनी बनाउँछ ।

कम्पनीको तेल आम्दानीले हाउस अफ स्क्वाडका सदस्यको जीवनशैलीमा निकै सहयोग गरेको छ । अमेरिकी व्यावसायिक पत्रिका ब्लुमबर्गको अर्बपति सूचकका अनुसार उनीहरूको कुल नेट वर्थ अनुमानित १ खर्ब डलर रहेको छ । तर, अराम्कोका सञ्चालन समितिका सदस्यले अमेरिकी मापदण्डअनुसारको प्याकेजको आकारलाई खारेज गरिसकेको पहिचान उल्लेख नगर्ने सर्तमा केही व्यक्तिले बताएका छन् । त्यस्तै दीर्घकालीन प्रदर्शन राम्रो बनाउने सर्तमा अल्पकालीन परिणामलाई बढाउन कर्मचारी प्रेरित हुन सक्नेबारे पनि कम्पनीका निर्देशकहरू सशंकित रहेको उनीहरूले बताए ।

समितिले अराम्कोका कार्यकारीले पाउने प्याकेज अमेरिकी र युरोपेली मापदण्डअनुसार बनाउन अन्तर्राष्ट्रिय लगानीकर्तासमक्ष अपिल गर्ने तरिकाको खोजी गरेको छ । निर्देशकहरूले सेयर र दीर्घकालीन सुविधा तथा पुरस्कार दिनेबारे पनि सोचिरहेको बताइएको छ । समितिले अराम्कोका सम्पूर्ण कर्मचारीलाई समता पुरस्कार प्रदान गर्नेबारे पनि विचार गरिरहेको यस मामिलासँग जानकार व्यक्तिले बताएका छन् । 

अराम्को र राज्य नियन्त्रणमा रहेका अन्य ठूला तेल कम्पनीको तलबमा पनि ठूलो अन्तर रहेको छ । अराम्कोमा काम गर्दा तलबबाहेक अन्य थुप्रै लाभहरू पनि पाइन्छन् । उपयुक्त उम्मेदवारले त युवा अवस्थामै यहाँ जागिर पाउँछन् । यहाँ जागिर पाउनु भनेको अमेरिकी युनिभर्सिटीमा शिक्षा पाउने र दीर्घकालीन रोजगारी सुरक्षाको टिकटसमेत रहेका छन् । तैपनि, कम्पनीको आम्दानीको तुलनामा कर्मचारीले पाउने पारिश्रमिक तथा सेवासुविधा न्यून रहेको देखिएको छ ।
 एजेन्सीको सहयोगमा