Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर २१ शनिबार ०७:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सीमाको विषयमा सरकारले चासो दिएन : सभापति देउवा

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २१ शनिबार ०७:१२:००

कांग्रेस सभापति शेरबहादुर देउवाले भारतले जारी गरेको नक्साको विषयमा सरकारले चासो नदिएको आारोप लगाएका छन् । नेपाल प्रेस युनियन नवलपुर शाखाले शुक्रबार आयोजना गरेको सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवाले भारतले जारी गरेको नक्साको विषयमा सरकारले भारतीय पक्षसँग कुनै ठोस छलफल गर्न नसकेको बताए । 

‘सरकार आफैँले कूटनीतिक रूपमा सीमा विवाद समाधान गर्न भारतसँग पहल गर्नुपर्ने हो,’ पूर्वप्रधानमन्त्री देउवाले भने, ‘सारा नेपाली जनता  र कांग्रेसले समेत समर्थन गरेको अवस्थामा पनि सरकार मुकदर्शक भएर बसेको छ ।’ आफू प्रधानमन्त्री हुँदा भारतसँग गरिएको महाकाली सन्धिमा महाकाली नदीपूर्वको भाग स्पष्ट रूपमा नेपालको भनेर लेखिएको र कालापानी, लिपुलेक र लिम्पियाधुरा कालीपूर्व पर्ने भएकाले भारतले जारी गरेको नक्साको कुनै अर्थ नरहेको देउवाको भनाइ थियो ।

नेपाललाई सूर्यभक्त–पतनादेवी पत्रकारिता पुरस्कार 
यो वर्षको सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पुरस्कार पत्रकार किशोर नेपाललाई प्रदान गरिएको छ । कांग्रेस सभापति देउवाले शुक्रबार नवलपुरमा आयोजित कार्यक्रमका बीच नेपाललाई सो पुरस्कार प्रदान गरे । २५ हजार नगद, ताम्रपत्र र दोसल्लासहित उनलार्ई पुरस्कृत गरिएको हो । 

पत्रकार नेपालले पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकाले  उनको कामको कदर गर्दै पुरस्कृत गरिएको प्रेस युनियन नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीले बताए ।