१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ मङ्सिर २० शुक्रबार १८:३२:००
Read Time : > 1 मिनेट
समाचार

७ प्रदेशका सभामुख र उपसभामुखहरु पोखरामा

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २० शुक्रबार १८:३२:००

सात प्रदेशका सभामुख र उपसभामुखहरुको शुक्रबारदेखि पोखरामा अन्तर प्रदेशसभा अनुभव आदान प्रदान कार्यक्रम सुरु भएको छ । गण्डकी प्रदेश सभा सचिवालको आयोजनामा भएको कार्यक्रममा सातै प्रदेशका अनुभव आदान प्रदान, समस्या, सहकार्यलगायतका विषयमा छलफल हुनेछ ।

पैसा बाड्न पाउनु मात्र विकास होइन : अध्यक्ष

कार्यक्रमको उद्घाटन कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पैसा बाड्नु पाउनु मात्र विकास नभएको बताएका छन् । संघ र प्रदेश सरकारले सांसदहरुलाई विकास कोषको नाममा वितरण गरेको बजेटका विषयमा उनले सो धारणा व्यक्त गरेका हुन । ‘भोट माग्ने क्रममा विकास गर्छाैं भनेका थियौँ,’ उनले भने, ‘पैसा बाँड्न पाउनु मात्र विकास हो ?’

विधायकले विधेयक बनाउन ध्यान दिनुपर्ने बताए । विधायकले बनाउने विधिले विकास गर्ने र भ्रष्टाचारलाई रोक्न सक्नुपर्ने उनले धारणा राखे । स्थानीय तहमा जनप्रतिनिधि नहुँदा सांसदहरुले पैसा बाँड्ने प्रचलन भए पनि अब सांसदले पैसा बाँड्ने परिपाटी रोकीनु पर्ने उनको भनाइ थियो । आफूले पैसा बाँडेर राजनीति गर्न पाउनु पर्छ भन्ने संस्कार ठिक नभएको उनले बताए ।

जनताले तीन तहको सरकारको अनुभूति गर्न पाएन्न : प्रदेश प्रमुख

कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संघीयता कार्यान्वयनसँगै तीन तहका सरकार स्थापना भए पनि जनताले त्यसको अनुभूति गर्न नपाएको बताए । तीनै तहका सरकारले जनताको समस्या समाधान गर्ने कानुन निमार्ण गरी अघि बढ्नु पर्ने उनको भनाइ थियो । त्यसका लागि स्थानीय र प्रदेश सरकार बलियो हुनुपर्ने उनले बताए । प्रदेशको सफलतासँगै संघीयताको सफलता जोडिएको मुख्य मन्त्रीको भनाइ गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेश सरकारको सफलतासँग संघीयताको सफलता जोडिएको बताए ।

उनले संघबाट आवश्यक कानुन नबन्दा प्रदेशका लागि आवश्यक कानून निमार्ण गर्न नसकिएको उल्लेख गरे । साझा अधिकारका सूचीभित्र रहेका कानून निमार्णका क्रममा प्रदेश सरकारसँग समन्वय नगरिएको भन्दै उनले असन्तुष्टि जनाए ।