मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर २० शुक्रबार १८:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

छोराद्वारा बुवाआमाको हत्या, आमालाई लखेटेर गरे हत्या 

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २० शुक्रबार १८:१२:००

रुपन्देहीको ओमसतिया गाउँपालिका-४ मा एक युवकले शुक्रबार बुवा आमाकाे हत्या गरेका छन् । उनले घरेलु हतियार प्रयाेग बुवा आमाकाे हत्या गरेका हुन् ।

अभियुक्त ३० वर्षीय गोरख अहिर यादवले ७५ वर्षीय बाबु रामनारायण र ७२ वर्षीय आमा ठगना अहिरकाे हत्या गरेको प्रहरी नायव उपरीक्षक खड्क बहादुर खत्रीले बताए । प्रहरीका अनुसार अभियुक्त यादवले घरमै बसिरहेका बुवालाई भित्र लगेर हतियार (खुर्पा)ले घाँटीमा प्रहार गर्दा मृत्यु भएको थियाे । यस्तै आमालाई लखेटेर खुर्पा प्रहार गर्दा घाइते भएपछि भैरहवास्थित अस्पतालमा लैजाँदै गर्दा बाटाेमा मृत्यु भएको हो ।

बुवाआमालाई भाइले खुर्पा प्रहार गरेको देखेपछि बचाउन खाेज्दा अभियुक्तका दाजु जोगिन्दर समेत घाइते भएका छन् । प्रहरीका अनुसार जोगिन्दरकाे भैरहवास्थित मेडिकल कलेजमा उपचार भैरहेको छ ।मृतकको शव पोष्टमार्टमका लागि भिम अस्पताल भैरहवामा राखिएको छ ।

प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएको छ । अभियुक्त यादवको मानसिक अवस्था ठिक नभएकाले हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।