मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर २० शुक्रबार १४:००:००
Read Time : < 1 मिनेट
समाचार

वेवारिसे अवस्थामा पेस्तोल भेटियो 

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २० शुक्रबार १४:००:००

महोत्तरीको जलेश्वर नगरपालिका ६ स्थित रातो नदी पुल मुनि गोली लोड गरेको एक थान पेस्तोल फेला परेको छ । शसस्त्र प्रहरीको गस्ती टोलीले फेला परेको उक्त पेस्तोलमा ५ राउण्ड गोली लोड थियो ।

शसस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले गस्ती टोलीले पुल नजिकै केहि चम्केको देखेपछि नजिकै गएर हेर्दा पेस्तोल भएको बताए । सो पेस्तोल कसैले लुकाएको वा फ्यालेके हुन सक्ने प्रहरीको अनुमान छ ।