मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २० शुक्रबार १२:४८:००
Read Time : < 1 मिनेट
समाचार

फोहोरमैला व्यवस्थापन सम्बन्धि राष्ट्रिय सम्मेलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २० शुक्रबार १२:४८:००

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले फोहोरमैलाको उचित व्यवस्थापनका लागि प्रविधिसँग जोडिनुपर्ने बताएका छन् ।

फोहोरमैला व्यवस्थापन सम्बन्धि राष्ट्रिय सम्मेलनमा बोल्दै राज्यमन्त्री मानन्धरले यस्तो बताएका छन् । प्रविधिसँग जोडिन नसकेका कारण अहिलेको अवस्था आएको भन्दै उनले प्रविधि किन नल्याउने भन्दै प्रश्न समेत गरे । प्रविधि भित्र्याउँदा कसैलाई घाटा नहुने उनले बताए ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले फोहोर सिसडोल पु¥याउनु भन्दा पहिले नै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने बताए । देशमा हरेक वर्ष रासायनिक मल आयातमा ठूलो रकम बाहिर गएको उल्लेख गर्दै उनले कुहिने फोहोरलाई मल बनाउएर प्रयोग गर्न सकिने बताए ।

फोहोरमैला व्यवस्थापन सम्बन्धि राष्ट्रिय सम्मेलनका संयोजक गणेश शाहले शहरको विकास भइरहेकै गतिमा फोहोर पनि बढिरहेको बताए । देश संघीय संरचनामा गएपछि फोहोर व्यवस्थान कसको जिम्मा हुने भन्ने नै स्पष्ट नभएको उनले बताए ।