मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ मङ्सिर २० शुक्रबार ११:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

दोलखाका सिडिओ विरुद्ध तरुणदलकाे नारा जुलुस

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २० शुक्रबार ११:३२:००

२४ घण्टा भित्र जिल्ला नछोडे कालोमोसो लगाउने चेतावनी 

१ लाख  २५ हजार घुस प्रकरणमा मुछिएका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालबिरुद्ध तरुणदल दोलखाले चरिकोटमा विरोध जुलुस गरेको छ । भ्रष्टाचारी सिडिओ जिल्ला छोड भन्दै तरुण दलले नारा जुलुस गर्दै चरिकोट बजार परिक्रमा गरेको छ । नाराजुलुस पछि सातदोबाटो चोकमा आयोजित कोणसभामा बोल्दै तरुण दल दोलखाका अध्यक्ष दावासांगे शेर्पाले सिडिओले २४ घण्टा भित्र जिल्ला नछोडे कालोमोसो लगाएर धपाउने चेतावनी दिएका छन् । 

अध्यक्ष शेर्पाले जिल्लाको मुख्य प्रसाशक नै घुसखोरीको नाईके भएपछि अन्य निकाय पनि अछुतो नरहेको भन्दै त्यसउपर पनि छानविन गर्न माग गरे । उनले भ्रष्टाचार गरेको प्रमाणित हुँदा पनि गृह मन्त्रालय निकम्बा भएर बसेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । 

सार्वजनिक कसुरका मुद्दामा संलग्न दोलखाका ३ जना अभियुक्तहरुबाट प्रजिअ रिजालले छुट्टाछुट्टै १ लाख २५ हजार रकम लिएर पछि उनीहरुलाई नै फिर्ता गरेका थिए। उनले १० हजारको रसिद काटेर १ लाख र १४ हजारको रसिद काटेर ५० हजार बुझेका थिए ।

दोलखाका सिडिओले अभियुक्तसँग असुलेको ९० हजार फिर्ता गरे