मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर २० शुक्रबार १०:२९:००
Read Time : < 1 मिनेट
समाचार

टेलिफोन टावर नहुँदा सेवाग्राही घन्टौँ हिँड्न बाध्य

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २० शुक्रबार १०:२९:००

बाजुराको दुर्गममा रहेको गौमुल गाउँपालिकाको अधिकांश वडामा टेलिफोन सुविधा नहुँदा स्थानीयलाई समस्या भएको छ । गाउँमा नेटवर्कले काम नगर्ने भएपछि यहाँका बासिन्दा घन्टौँ हिँडेर अग्लो ठाउँमा रहेको रूखमा चढेर फोन गर्ने गरेको बताउँछन् स्थानीय जनक रोकाया । 

‘फोन गर्नकै लागि घरबाट घन्टौँ लाग्ने बाटो हिँडेर थुवा डाँडामा रहेको ठूलो रूखमा चढेर फोन गर्नुपर्ने बाध्यता छ,’ रोकायाले भने । गाउँका सबै मान्छे फोन गर्नका लागि त्यही डाँडामा पुग्ने गरेको उनले बताए । गौमुल गाउँपालिकाका अम्लिस, अन्द्राडी, माडी, पौदाली, मलदुगुन, तलदुगुन, पात्या, ग्रर्जाया, बेरीलगायत स्थानहरूमा टेलिफोन सुविधा नभएको स्थानीय राजेश रोकायाले बताए ।

गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले गाउँपालिकाको सबै वडाहरूमा यो वर्षभित्र टेलिफोन सेवा पुर्‍याइने बताए । दूरसञ्चार क्षेत्रीय कार्यालय अत्तरियाका निर्देशक नामकर न्यौपानेले ठेकेदारको लापरवाहीका कारण टेलिकमको टावर निर्माण ढिलाइ भएको बताए ।