मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७६ मङ्सिर २० शुक्रबार १०:२९:००
Read Time : < 1 मिनेट
प्रदेश

उद्योगले तोकेको मूल्यमा उखु बेच्दै किसान 

Read Time : < 1 मिनेट
मोहन विष्ट कञ्चनपुर
२०७६ मङ्सिर २० शुक्रबार १०:२९:००

यस वर्ष उखुको सिजन सुरु हुँदा पनि सरकारले उखुको मूल्य निर्धारण गरेको छैन । सरकारले उखुको मूल्य निर्धारण नगर्दा कञ्चनपुरका किसान मारमा परेका छन् । सरकारले उखुको मूल्य निर्धारण नगरेपछि किसानले उद्योगले तोकेकै मूल्यमा उखु बिक्री गर्न बाध्य भएका छन् । 

कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरस्थित महाकाली सुगर इन्डस्ट्रिज प्रालिले उखुको मूल्य निर्धारण गरेको छ । किसानसँगको सहकार्यमा उखुको मूल्य निर्धारण गरिएको हो । 

उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतनकुमार राईले उद्योगले अनुदान रकम घटाएर उखुको मूल्य निर्धारण गरेको बताए । कोषाध्यक्ष राईका अनुसार प्रतिक्विन्टल लक्कड चार सय एक, सामान्य चार सय १६ र उन्नत चार सय ४१ मूल्य निर्धारण गरिएको छ । ६५ रुपैयाँ प्रतिक्विन्टलमा रकम थप गर्दा लक्कड चार सय ६६, सामान्य चार सय ८१ र उन्नत पाँच सय सात रुपैयाँ हुन आउँछ । सरकारले दिने अनुदानको ठेगान नहुँदा उद्योगले अनुदान रकम घटाएर मूल्य निर्धारण गरेको कोषाध्यक्ष राईले बताए । 

अघिल्लो वर्ष अनुदान रकमसहित लक्कड चार सय ५१, सामान्य चार सय ७५ र उन्नत पाँच सय एक रुपैयाँ निर्धारण गरिएको थियो । गत वर्षको तुलनामा यस वर्ष लक्कडमा १५, सामान्यमा सात र उन्नतमा पाँच रुपैयाँ वृद्धि भएको छ । नगदेबालीको रूपमा रहेको उखुको मूल्य सरकारले निर्धारण नगर्दा र अनुदानमा ढिलाइ गर्दा उखु किसान मारमा पर्दै आएका छन् । 

गत वर्षदेखि सरकारले प्रतिक्विन्टल ६५ रुपैयाँका दरले अनुदान रकम दिने घोषणा गरेको थियो । अघिल्लो वर्षको अनुदान रकम एक वर्षपछि सरकारले कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत वितरण गरेको छ ।   कञ्चनपुरमा ६ हजार किसानले १२ हजार हेक्टर जमिनमा उखु उत्पादन गरे पनि दुईवटा उद्योगलाई समेत चिनी उत्पादनका लागि कच्चा पदार्थ अभाव भइरहेको छ ।