मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर २० शुक्रबार १०:०५:००
Read Time : < 1 मिनेट
प्रदेश

अभिभावकले ताला लगाउँदा स्थगित भएको परीक्षा सुरु

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २० शुक्रबार १०:०५:००

शिक्षक सरुवाको विषयलाई लिएर उत्पन्न विवाद सुल्झिएपछि जुम्लाको हिमाल गाउँपालिका–१ स्थित कालिका आधारभूत विद्यालयको परीक्षा बिहीबारदेखि सुरु भएको छ ।यस विद्यालयबाट सरुवा गरिएका शिक्षकले रमना बुझ्ने र नयाँ आएका शिक्षकलाई हाजिर गर्न दिने सहमति भएपछि परीक्षा सञ्चालन भएको स्थानीय बासिन्दा दानबहादुर शाहीले बताए । नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि गाउँपालिकाले पनि विवाद सुल्झाउन पहल गरेको थियो । ‘बिहीबारदेखि नै परीक्षा सुरु भएको छ,’ आन्दोलनरत अभिभावक शाहीले भने । 

विवादका कारण अभिभावकले विद्यालयमा ताला लगाएका थिए । जसले गर्दा बुधबार सुरु हुनुपर्ने वार्षिक परीक्षा स्थगित भएको थियो । बिहीबार पहिलो दिन नेपाली विषयको परीक्षा भएको उनले बताए । गाउँपालिकाभरिका अन्य २७ विद्यालयमा २४ मंसिरमा परीक्षा सकिनेछ । बुधबार स्थगित भएको विषयको परीक्षा २५ मंसिरमा हुने विद्यालयले जनाएको छ ।