१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ मङ्सिर २० शुक्रबार ०८:४१:००
Read Time : < 1 मिनेट
समाचार

दाङमा १६ उम्मेदवारको जमानत जफत

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २० शुक्रबार ०८:४१:००

१४ मंसिरमा भएको उपनिर्वाचनमा १० प्रतिशत मत ल्याउन नसक्ने १६ जना उम्मेदवारको जमानत जफत भएको छ । दाङ क्षेत्र नम्बर ३ (ख) का १२ र घोराही उपमहानगरपालिका वडा १६ मा ४ जना उम्मेदवारको जमानत जफत भएको हो ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनमा नेकपाकी विजयी उम्मेदवार विमला ओली र नेपाली कांग्रेसका केशवराज आचार्यको मात्रै जमानत बचेको छ । 

जमानत जफत हुनेमा राप्रपाका  भूपाल रावत, राप्रपा संयुक्तका छोटीलाल थारू, मालेका हरिप्रसाद डाँगी, साझा पार्टीका शिवकुमार चौधरी, नेमकिपाका सुरेश परियार, जनमुक्ति पार्टीका धनराज स्वर्णकार, मं‍गोल नेसनलका घनश्याम चौधरी, लोकतान्त्रिक पार्टीका झरेन्द्रबहादुर खत्री, कांग्रेस (बिपी) का दीपककुमार धिताल र स्वतन्त्र उम्मेदवार गोविन्द केसी र टीकाराम आचार्यको जमानत जफत भएको छ । उपमहानगरपालिका–१६ मा सं‍घीय समाजवादीकी विमला पुन, राप्रपाका प्रकाश केसी, मं‍गोल नेसनलका पहलमान आले, स्वतन्त्र उम्मेदवार समीर वली छन् ।