मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
विश्वराज पछल्डङ्ग्या बाँके
२०७६ मङ्सिर २० शुक्रबार ०९:५०:००
Read Time : < 1 मिनेट
प्रदेश

डेढ करोडको एक्स–रे मेसिन तीन दिनमै बिग्रियो 

Read Time : < 1 मिनेट
विश्वराज पछल्डङ्ग्या बाँके
२०७६ मङ्सिर २० शुक्रबार ०९:५०:००

नेपालगन्ज भन्सार कार्यालयले जमुनहा नाकास्थित यात्रु शाखामा जडान गरेको सामान जाँच गर्ने डेढ करोडको एक्स–रे मेसिन बिग्रिएर थन्किएको छ । जडान भएको तनिदिनमै एक्स–रे मेसिन बिग्रिएपछि अहिले सामान जाँचको काम ठप्प भएको छ । 

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले गत १ कात्तिकमा जडान भएको मेसिन काम सुरु भएको तीनदिनमै बिग्रिएर थन्किएको बताए । भारतबाट आउने यात्रुको ब्यागमा भएका भन्सार शुल्क लाग्ने सामानको जाँच गर्न एक्स–रे मेसिन जडान गरिएको थियो । झन्डै चार वर्षअघि भन्सार विभागले सो मेसिन पठाएको थियो । 

उनले भौतिक पूर्वाधार निर्माण नभएर मेसिन जडान गरिएका कारण जोगाउन नसकिएको बताए । सडक छेउमै यात्रुु शाखा भएकाले पनि मेसिनमा धुलो पर्ने गरेको उनको भनाइ छ । ‘सडकछेउमै राख्दा धुलोबाट मेसिनलाई जोगाउन मुस्किल परिरहेको छ,’ प्रमुख भन्सार अधिकृत निरौलाले भने । प्रमुख भन्सार अधिकृत निरौलाले मर्मतका लागि प्राविधिक मगाएको बताए । मर्मतका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले पनि समस्या परेको उनको भनाइ छ । ‘मर्मतमा मात्र ४० लाख रुपैयाँ खर्च लाग्ने प्राविधिकले अनुमानित लागत निकालेका छन्,’ उनले भने । 

उनले प्राविधिकलाई बाहिरबाट बोलाउनुपर्ने भएकाले ढिला भएको जिकिर गरे । उनले बाहिरी देशबाट मर्मत गर्ने प्राविधिक आउने भएकाले समय लागेको बताए । ‘एक त मर्मत खर्च महँगो पर्ने भएको छ । त्यसैमा पनि मर्मत गर्ने प्राविधिक पाउन मुस्किल छ,’ निरौलाले भने । भन्सार शुल्क लाग्ने सामान जाँच गर्ने मेसिन बिग्रिएपछि भन्सार कर्मचारीले छामेर झोलाका सामान जाँच गर्दै आएका छन् ।