मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका महोत्तरी
२०७६ मङ्सिर २० शुक्रबार ०९:५१:००
Read Time : < 1 मिनेट
समाचार

लागुऔषधसहित तीन पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका महोत्तरी
२०७६ मङ्सिर २० शुक्रबार ०९:५१:००

प्रहरीले महोत्तरी सदरमुकाम जलेश्वर र बर्दिबासबाट लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । भारतबाट लागुऔषध लिएर ज.१२ प ८३४ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेको अवस्थामा एकडारा गाउँपालिका–३ का २४ वर्षीय पप्पु मण्डल जलेश्वरबाट पक्राउ परेका छन् । 

मण्डललाई सहयोग गर्न नाकामा पुगेका एकडाराकै रोशनकुमार मण्डललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई सशस्त्र र जनपद प्रहरीको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रोमेथाजिन इन्जेक्सन ९८ थान, बुप्रेनोरफिन इन्जेक्सन एक सय थान, डाइजिपाम इन्जेक्सन एक सय थान र इन्ट्राजेपाम ट्याबलेट नौ सय बरामद गरिएको प्रहरीले जनाएको छ । रोशनकुमारको साथबाट नगद दुई हजार ५८ रुपैयाँ र मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । 

त्यसैगरी, प्रहरीले बर्दिवास नगरपालिका– १ बाट एकजनालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– ५ का मोहम्मद ऐयुव अन्सारी रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । खानतलासी गर्दा उनको साथमा रहेको प्लास्टिकको झोलाबाट नाइट्रोभेट दुई हजार चालिस चक्की, फेनारगन इन्जेक्सन तीन सय एम्पुल, नुफिन इन्जेक्सन दुई सय ८८ थान र डाइजेपाम इन्जेक्सन दुई सय ९६ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।