मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
प्रतिभा माली, भलिबल खेलाडी
२०७६ मङ्सिर २० शुक्रबार ०७:१०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

४ महिनाको क्लोज क्याम्प, निरन्तर ट्रेनिङ

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २० शुक्रबार ०७:१०:००

साग गेम्स डायरी

नेपाली महिला राष्ट्रिय भलिबल टोलीले दक्षिण एसियाली खेलकुद (साग)को इतिहासमै पहिलोपटक रजत पदक जितेको । जसमा १८ वर्षीया स्पाइकर प्रतिभा मालीको उत्कृष्ट प्रदर्शन रह्यो । उनै प्रतिभाले सागको चारमहिने क्लोज क्याम्पको अनुभव नयाँ पत्रिकाकी प्रविता श्रेष्ठलाई यसरी सुनाइन् : 
लामो क्लोज क्याम्प

  •  साग गेम्सका लागि हामी १७ साउनदेखि क्लोज क्याम्पमा बस्यौँ । तयारीका हिसाबले यो हालसम्मकै लामो क्लोज क्याम्प बन्यो । सागमा नेपाली महिला भलिबल स्वार्ड मिश्रित थियो । केहीले यसअघि नै अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव लिइसकेका थिए भने कोही नयाँ थिए । जसले गर्दा हामीलाई केही प्रेसर थियो । हाम्रो प्रदर्शनबारे प्रतियोगिताअघि केही प्रश्नसमेत उठेका थिए । यसकारण पनि हामीले आफ्नो तर्फबाट बेस्ट परफर्मेन्स दिने प्रयास ग-यौँ । 
  •  ब्रेकफास्टपछि हाम्रो दैनिकी ट्रेनिङ र अभ्यासमा बित्थ्यो । त्यसपछि लन्च । केही समयको आरामपछि पुनः हामी ट्रेनिङमै लाग्थ्यौँ । क्लोज क्याम्पको मध्यतिर हाम्रो थाइल्यान्डमा एक अन्तर्राष्ट्रिय म्याच पनि रह्यो । उक्त, वार्मअप म्याचले अनुभव दिलायो । फाइनल यात्रा गर्न सकियो । यसले प्रतियोगिताअघि चलेका हल्लालाई केही मत्थर ग-यो भन्ने लाग्छ । फाइनल जितेर देशका लागि स्वर्ण पदक दिलाउन सकिएन । 

फाइनलको भोलिपल्टसम्म हामी क्लोज क्याम्पमै रह्यौँ । गेमका सबल र कमजोर पक्षबारे हामीबीच कुराकानी भयो । घर फर्किएपछि क्लोज क्याम्पको दैनिकी र साथीहरू मिस भइरहेको छ । 

फिटनेसमा ध्यान

  •  क्लोज क्याम्पको समयमा जिमका लागि हामी पुलिस हेल्थ क्लबमा जाने गथ्र्यौं । हरेक गेमका लागि आफ्नै प्रकारको जिम ट्रेनिङ हुने गर्छ, जसलाई पावर ट्रेनिङ भनिन्छ । भलिबलका लागि पनि भिन्न प्रकारको जिम अभ्यास हुने गर्छ । 
  •  हप्तामा एक दिन भने नर्मल जिमको अभ्यास हुने गथ्र्यो । जसमा पुसअप, सिटअप, रनिङ र वार्मअप थिए । 

नियमित डाइट

  •  क्लोज क्याम्पमा हामीलाई प्रोटिनयुक्त खानामा बढी जोड दिइएको थियो । लन्चमा मासु कहिल्यै छुटेन । ब्रेकफास्टमा अन्डा र दूध पनि अनिवार्य हुन्थ्यो ।
  •  साग गेम्सकोे समयमा भने हामीलाई फलफूल र जुसमा पनि जोड दिइयो । यी शरीरमा ऊर्जा प्रदान गर्ने डाइट हुन् । अनार, स्याउ, केराजस्ता मौसमी फलफूल हामीले बढी खायौँ । फलफूलमध्ये पनि केरा जुनैसुकै खेलका खेलाडीलाई खान दिइन्छ । तागत तथा स्फूर्ति प्रदान गर्ने भएकाले केरा बढी नै खायौँ ।