Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर २० शुक्रबार ०७:१४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

पिसाब किन पोल्छ ?

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २० शुक्रबार ०७:१४:००

 प्रा.डा. उत्तम शर्मा
युरोलोजिस्ट
त्रिवि शिक्षण अस्पताल

हाम्रो शरीरमा रहेको विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्किने गर्छ । पिसाब पोल्नु, पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ । यसले कालान्तरमा मूत्रनलीमा संक्रमणजस्ता विभिन्न समस्या निम्त्याउन सक्छ ।
कारण

  •  पिसाबमा एसिडको मात्रा बढी हुनु, विभिन्न मूत्ररोग र यौनरोग लागेमा तथा गर्भावस्थामा समेत पिसाब पोल्ने गर्छ । साथै, गर्मीयाममा पिसाब पोल्ने समस्या हुने गर्छ ।  
  •  गर्मी याममा अन्य माध्यमबाट समेत शरीरबाट पानी बाहिर जान्छ । त्यसैले, शरीरबाट विषाक्त वस्तु बाहिर ल्याउन पानी प्रशस्त चाहिन्छ । यस्तो वेला शरीरमा पानीको मात्रा कम भएमा समेत पिसाब पोल्ने गर्छ । 
  •  पिसाबथैलीमा पत्थरी हुनु पनि पिसाब पोल्नुको मुख्य कारण हो । त्यस्तै, मिर्गौलामा पत्थरी, मधुमेह, मेरुदण्डमा चोट, कलेजोसम्बन्धी समस्या हुँदा पनि पिसाब पोल्ने समस्या हुन्छ । साथै, विभिन्न संक्रमका कारणसमेत पिसाब पोल्ने समस्या हुन सक्छ । 
  •  कतिपय अवस्थामा शरीरबाट पिसाब पूर्ण रूपमा बाहिर नआउँदा समेत पिसाब पोल्ने गर्छ । पिसाबथैलीमा मासु पलाएमा पनि पिसाब पोल्ने वा दुख्ने गर्छ ।

परिणाम

  •  पिसाब पोल्ने समस्या महिला र पुरुष दुवैमा हुने गर्छ । यद्यपि, पुरुषको तुलनामा महिलामा अझ बढी देखिन्छ । पाठेघरको मुख, मूत्रनलीजस्ता अंग एकै ठाउँमा हुने भएकाले संक्रमण छिटो फैलिन्छ ।     
  •  कतिपय महिलामा बाँझोपनको समस्या हुने खतरासमेत बढेर जाने गरेको पाइन्छ । गर्भ नरहने, रह्यो भने पनि तुहिने, अपांगता भएको बच्चा जन्मिने, छिटो वा समय नपुगी बच्चा जन्मिनेजस्ता खतरा हुने गर्छ ।

लक्षण

  •  पिसाब पोल्ने समस्या भएमा मूत्राशयमा पीडा हुने, पिसाब दुर्गन्धित हुने, पिसाबको रङ गाढा पहेँलो हुने, पटक–पटक पिसाब लागिरहने, तर थोरै मात्र आउनेजस्ता समस्या हुने गर्छ । 
  •  लामो समयसम्म उपचार नगरेमा जटिलता बढ्दै जाने गरेको पाइन्छ । बिस्तारै महिलाको पाठेघरमा असर गर्ने र पुरुषमा अण्डकोष सुन्निने समस्या हुन्छ । 

उपचार

  •  शरीरमा पानीको मात्रा कमी हुन दिनुहुँदैन । यदि कुनै रोगका कारण पिसाब पोल्ने समस्या भएको हो भने सम्बन्धित रोगको उपचार गर्नुपर्ने हुन्छ । 
  •  पिसाब पोल्ने समस्या कुनै जटिल रोगको लक्षण हुन सक्ने भएकाले समयमै चेकजाँच गराएर उपचार गरिहाल्नुपर्छ । नत्र, पछि गएर पिसाब पोल्ने समस्या जटिल रोग बन्न सक्छ ।