मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ मङ्सिर २० शुक्रबार ०७:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

अमेरिकी सहायक रक्षामन्त्री उच्चस्तरीय भेटवार्तामा : नेपाली सेनाका लागि दुई अमेरिकी स्काई ट्रक आउँदै, एसपिपीअन्तर्गत अमेरिकासँग थप सहकार्य

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २० शुक्रबार ०७:००:००

नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक रक्षामन्त्री रेन्डल जी स्क्राइभरले उच्चस्तरीय भेटवार्ता गरेका छन् । हिन्द प्रशान्त क्षेत्र हेर्ने उनले बिहीबार उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, रक्षासचिव रेश्मीराज पाण्डे र प्रधानसेनापति पूर्णचन्द्र थापासँग बेग्लाबेग्लै शिष्टाचार भेट गरे ।

सबै भेटमा उनले नेपालको सार्वभौमसत्तालाई सम्मान गर्दै अमेरिकाले नेपालको आर्थिक र सुरक्षा क्षेत्रमा सहकार्य गर्ने बताए । उपप्रधानमन्त्री पोखरेलले नेपाल र अमेरिकाबीच उच्चस्तरीय राजनीतिक संवाद भइरहनुपर्नेमा जोड दिँदै आफ्नै आँखाले नेपालका बारेमा धारणा बनाएकोमा धन्यवाद दिए । उनले नेपाली सेनालाई निरन्तर गरिरहेको सहयोगप्रति पनि खुसी व्यक्त गरे ।

सेनालाई अमेरिकी सहयोगमा दुईवटा स्काई ट्रक दुई साताभित्रै आउने तयारी छ । स्काई ट्रक अमेरिकाले २  पुसमा नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम छ । अमेरिकाले नेपाललाई दिने वचन दिएका थप दुई स्काई ट्रकमध्ये एउटा सन् २०२१ र अर्को २०२२ मा नेपाल आउनेछन् । यी जहाज प्रकोपको उद्धार र व्यवस्थापनका लागि सेनाले प्रयोग गर्नेछ ।

सहायक रक्षामन्त्री स्क्राइभरले अमेरिकाले सधैँ साना ठूला देशको सार्वभौमसत्तालाई उच्च सम्मान गर्दै आएको र त्यही आधारमा सहकार्य गर्दै आएको बताए । उनले नेपालको विकास र उन्नतिमा अमेरिकाले साथ दिने पनि स्पष्ट पारे ।

भेटवार्तामा अमेरिकी सहायक रक्षामन्त्रीले नेपाल र अमेरिकाबीच अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम(एसपिपी) अन्तर्गत सेनासँग सहकार्य गर्ने विषयमा छलफल गरेका छन् । अमेरिकाले २५ वर्षदेखि विश्वका ८१  देशसँग यो कार्यक्रमअन्तर्गत सेनासँग मानवीय सेवा, प्रकोप व्यवस्थापनलगायतका क्षेत्रमा सहकार्य गर्दै आएको छ ।