मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर १९ बिहीबार १८:३१:००
Read Time : < 1 मिनेट
समाचार

पाल्पामा जिप दुर्घटना हुँदा दुईको मृत्यु

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १९ बिहीबार १८:३१:००

तानसेन–बुटवल सडक खण्डमा पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ४२०९ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक पाल्पा रैनादेवी छहरा गाउँपालिका-५ का २५ वर्षीय दिलिप बम्रेल र साेही गाउँपालिका-४ का सहचालक २४ वर्षीय कृष्ण कार्की रहेका छन् ।

स्थानीयको खबरका आधारमा घटना थाहा भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी कृष्णराज सापकोटाले बताए । जिप सडकबाट पाँच सय मिटर तल खसेकाे थियाे ।