मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर १९ बिहीबार १७:०९:००
Read Time : < 1 मिनेट
अर्थ

सरकारले उखुको मूल्य निर्धारण नगर्दा किसान मारमा  

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १९ बिहीबार १७:०९:००

यस वर्ष उखु क्रसिङको सिजन सुरु हुँदा पनि सरकारले मूल्य निर्धारण गरेको छैन । सरकारले मूल्य निर्धारण नगर्दा यहाँका किसान उद्योगले तोकेकै मूल्यमा उखु बिक्री गर्न बाध्य छन् । 

उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतन कुमार राईले महाकाली सुगर ईण्डष्ट्रिजले अनुदान रकम घटाएर उखुको मूल्य निर्धारण गरेको बताए । उद्योगले प्रति क्विन्टल लक्कड ४०१, समान्य ४१६ र उन्नत ४४१ रुपैयाँ मूल्य तोकिएको राईले जानकारी दिए । 

सरकारले दिने अनुदानको ठेगान नभएकाले उद्योगले अनुदान रकम घटाएर मूल्य निर्धारण गरेको कोषाध्यक्ष राईले बताए । 

अघिल्लो वर्ष अनुदान रकमसहित लक्कड ४५१, सामान्य ४७५ र उन्नत ५०१ रुपैयाँ निर्धारण गरेको थियो । गत वर्षको तुलानामा यस वर्ष लक्कडमा १५, समान्यमा ७ र उन्नतमा ५ रुपैयाँ बृद्धि भएको छ । नगदेबालीमा रुपमा रहेको उखुको मूल्य सरकारले निर्धारण गर्न र अनुदानमा ढिलाई गर्दा उखु किसान मारमा पर्दै आएका छन् । 

गत वर्षदेखि सरकारले प्रति क्विन्टल ६५ रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो ।