१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १९ बिहीबार १६:२५:००
Read Time : < 1 मिनेट
समाचार

प्रधानमन्त्री ओलीको उपचार खर्च २ लाख ५५ हजार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १९ बिहीबार १६:२५:००

त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइ स्वास्थ्य लाभ गरेका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दिउँसो डिस्चार्ज भएका छन् । उनको उपचारमा २ लाख ५४ हजार ६८८ रुपैयाँ खर्च लागेको सेन्टरका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई १० गते मङ्गलबार बिहान पेटमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । सोही दिन ओलीको एपेन्डिसाइटिस अपरेशन गरिए पनि चिकित्सकको निगरानीमा अस्पतालमै रहेका थिए ।

डिस्चार्ज भई अस्पताल बाहिरिने क्रममा आफ्नो स्वास्थ्यमा पूर्ण रुपमा सुधार भएकाे प्रधानमन्त्री ओलीले प्रतिक्रिया दिएका थिए ।

तस्बिर ः दीपेन्द्र ढुंगाना