मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १९ बिहीबार १४:४५:००
Read Time : < 1 मिनेट
समाचार

प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गरिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १९ बिहीबार १४:४५:००

अचानक पेट दुखेपछि १० मंसिर मङ्गलबार बिहान अस्पताल भर्ना गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको आजै डिस्चार्ज हुने भएको छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीलाई अहिले ३ः०० बजे डिस्चार्ज गरिने तय भएको छ ।

‘सम्माननीय प्रधानमन्त्रीज्यू अपरेशनपछि पूर्ण स्वास्थ्यलाभ गरेर आजै दिउँसो ३ बजे अस्तालबाट डिस्चार्ज हुनुहुने सुखद समाचार सबैको जानकारी लागि अनुरोध गर्दछु,’ थापाले जानकारी दिए ।

प्रधानमन्त्रीको महाराजगञ्स्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नौ दिनअघि एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । 

केहीबेर अघि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी थिइन् ।