मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर १९ बिहीबार १२:२४:००
Read Time : < 1 मिनेट
समाचार

प्रधानमन्त्री ओली डिस्चार्ज हुँदै 

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १९ बिहीबार १२:२४:००

प्रधानमन्त्री केपी शर्मा ओली १० दिनको उपचारपछि डिस्चार्ज हुने भएका छन् । स्वास्थ्य अवस्था अपेक्षा अनुरुप सुधार भइरहेकोले बिहीबार साँझ वा शुक्रबारसम्ममा डिस्चार्ज गरिने प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक डा. अरुण सायमिले बताए । 

बिहीबार बिहान चिकित्सकहरुको बैठकले प्रधानमन्त्रीको स्वास्थ्य अहिले जस्तै सुधार भइरहेको खण्डमा साँझसम्म डिस्चार्ज दिने बताएका हुन ।

प्रधानमन्त्रीकाे गत मंगलबार ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा’ एपेन्डीसाइटिसकाे शल्यक्रिया गरिएकाे थियाे  ।