मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७६ मङ्सिर १९ बिहीबार ११:११:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

दैनिक चार घन्टा प्रशिक्षण गर्छु : मन्डेकाजी श्रेष्ठ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ मङ्सिर १९ बिहीबार ११:११:००

सफलताको रहस्य

मन्डेकाजी श्रेष्ठले करातेमा एकल र टिम कातातर्फ नेपाललाई दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जिताएका छन् । एकै संस्करणमा करातेबाट दुई स्वर्ण जित्ने उनी पहिलो नेपाली हुन् । आफ्नो फिटनेस र खानपानबारे मन्डेकाजी भन्छन् :

मन्डेकाजी श्रेष्ठ, कराते खेलाडी

अनुशासन र मिहिनेत
कराते खेलाडी शारीरिक तथा मानसिक रूपमा सबल हुन जरुरी छ । खेलमा स्टामिना जरुरी हुने भएकाले खानपानमा विशेष ध्यान दिनैपर्ने हुन्छ । यसबाहेक दैनिक जीवनमा अनुशासनको महत्व ठूलो रहन्छ । मेरो बुझाइ पदक जित्नका लागि अनुशासन, निरन्तरको मिहिनेत र धैर्य जरुरी छ ।

प्रोटिनयुक्त खानेकुरा 
स्वस्थ रहन सन्तुलित भोजन जरुरी छ । त्यसैले प्रोटिनयुक्त खानेकुरा बढी खाने गर्छु । सामान्य दाल, भातबाहेक बोइल्ड (उसिनेका ) खानेकुरा धेरै सेवन गर्छु । चिल्लो र पिरोयुक्त खानेकुरा कम खान्छु । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि फलफूलको सेवन निकै महत्वपूर्ण छ । पहिले काँचो चना पनि डाइटको राम्रो स्रोत थियो । हाल, प्रोटिनका लागि धेरै विकल्प उपलब्ध छन् । 

म बिहान र बेलुका नियमित व्यायाम गर्छु । व्यायाममा वार्मअप, सिटअप, पुसअप र रनिङ गर्छु । क्लोज क्याम्पमा बस्दा हामी सबै खेलाडीले नियमित व्यायाम तथा अभ्यास गर्छौं ।

चार घन्टा प्रशिक्षण 
दैनिक झन्डै चार घन्टा कराते प्रशिक्षण गर्छु । मेरो जीवन नै कराते हो । निरन्तर २५ वर्षदेखि यही खेलमा लागेको छु । त्यसैले दैनिक प्रशिक्षणको बानी परिसक्यो । बन्द प्रशिक्षणका वेला अन्य समयको दाँजोमा थप मिहिनेत गर्नुपर्ने हुन्छ । अन्य समय हल्काफुल्का अभ्यास गरे पनि हुन्छ ।  शारीरिक स्फूर्तिका लागि व्यायाम पनि उत्तिकै आवश्यक छ ।

बिहान र बेलुका व्यायाम गर्छु । व्यायाममा वार्मअप, सिटअप, पुसअप र रनिङ गर्छु । क्लोज क्याम्पमा बस्दा हामी सबै खेलाडीले नियमित व्यायाम तथा अभ्यास गर्छौं । मैले प्रशिक्षकका रूपमा स्कुलमा विद्यार्थीलाई पनि कराते सिकाउने गरेको छु । खेलाडी, प्रहरी र प्रशिक्षकका रूपमा स्कुलमा आबद्ध भएकाले पनि अनुशासित र फिट रहनुपर्ने जिम्मेवारी छ ।