रिलायन्स फाइनान्स लिमिटेडले
आफ्नो ११औँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग गरेको छ ।
विपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा क्रियाशील संस्थालाई सहयोग गर्ने क्रममा फाइनान्सले इन्टरनेसनल एसोसिएसन अफ लाइन्स क्लबको सहकार्यमा सोलुखुम्बुका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ ।
त्यसैगरी, फाइनान्सले नेपाल स्वयंसेवी रक्तदाता समाजलाई कम्प्युटर सहयोग गरेको छ भने साँखुस्थित द्वन्द्वपीडित तथा अपांग समाज–नेपालमा आश्रित गरिब तथा निमुखा घरबारविहीन सुस्त मनस्थिति भएका बालबालिकालाई खाद्यान्न सामग्री तथा समाजलाई आवश्यक पर्ने भौतिक सामग्री सहयोग गरेको छ ।
फाइनान्सक अध्यक्ष कुशप्रसाद मल्ली, सञ्चालक तुलसीप्रसाद बराल र संस्थाका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।
हाल संस्थाले काठमाडौंको प्रदशनीमार्गस्थित मुख्य कार्यालयका साथै न्युरोड, इमाडोल, नारायणघाट, पोखरा, बेँसीसहर, बनेपा, आरुघाट, चारआली, गोरखा बजार र मणिग्राममा शाखामार्फत वित्तीय सेवा दिँदै आएको छ ।