१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७६ मङ्सिर १९ बिहीबार ०८:१४:००
Read Time : < 1 मिनेट
सप्तरंग

कोचको जिम्मेवारी कठिन : प्रमोद खरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ मङ्सिर १९ बिहीबार ०८:१४:००

कोच अनुभव

‘कोच’ बन्नु ठूलो जिम्मेवारी हो । कुर्सीमा बसिसकेपछि जिम्मेवारी वहन गर्ने आँट हुनुपर्छ । पहिलो चरणमा नयाँ गायक छनोट गर्नुपर्छ । प्रतिभाका साथमा राम्रो स्वर भएकालाई छनोटमा पार्न सक्नुपर्छ ।

म कोच रहेको कार्यक्रमको नाम नै ‘भ्वाइस अफ नेपाल’ छ । त्यसैले हामीले नयाँ गायक छान्नुपर्दा सबैभन्दा पहिले उसको स्वर विचार गर्छौं । हामीले सुरुमै नयाँ गायकलाई देख्न पाएका हुँदैनौँ । किनकि, हाम्रो कुर्सी पछाडि फर्किएको हुन्छ ।

नयाँ गायकको स्वर सुनेर मात्र घुम्ने कुर्सीको बटम ‘बज’ गर्छौं । कुर्सीअगाडि ‘आई वान्ट यू’ लेखिएको हुन्छ । सबैले घुम्ने कुर्सी घुमाएपछि नयाँ गायकले आफूलाई मन परेको कोच छान्ने हो । दुई या तीनजनामध्येबाट एकजनालाई छनोट गर्नुपर्दा एकदमै नरमाइलो र गाह्रो हुन्छ ।

कोच गर्दा उनीहरूसँग धेरै समय साथमा बिताएका हुन्छौँ । सबै गायक÷गायिका आफ्नै परिवारको सदस्यजस्तो बनिसकेका हुन्छन् । उनीहरूलाई बिदाइ गर्नुपर्दा मन थाम्न सकिँदैन । आँखामा आँसु भरिएको हुन्छ ।