१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी
२०७५ पौष २९ आइतबार ०९:१४:००
Read Time : > 1 मिनेट
विश्व

जसलाई ट्विटरको  बाढीले मृत्युबाट जोगायो

धर्म परिवर्तनपछि अभिभावकले हत्या गर्ने त्रासमा राहफ अस्ट्रेलिया भाग्ने क्रममा यसै साता बैंकक विमानस्थलमा पक्राउ परेकी थिइन्

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ पौष २९ आइतबार ०९:१४:००

इस्लाम परित्याग गरेकाले परिवारबाटै आफ्नो हत्या हुन सक्ने आशंकामा कुवेतबाट भागेर यसै साता थाइल्यान्ड पुगेकी साउदी युवती रहाफ मोहमद अलक्युननले बैंककस्थित विमानस्थलबाट जीवनरक्षाको याचना गर्दै शृंखलाबद्ध ट्विट गरिन् ।

थाई अध्यागमनको नियन्त्रणमा परेपछि ट्विटरबाट उनले आफू र त्यहाँ भएका घटनाक्रमबारे निरन्तर जानकारी दिन थालिन् र पूरै विश्वको ध्यान आकर्षित गर्न सफल भइन् । 

त्यसवेला ट्विटरमा उनका २४ फलोअर थिए । तर, अहिले हजारौँ फलोअर छन् । उनी बैंकक हुँदै अस्ट्रेलिया पुग्ने योजनामा थिइन् । ‘म कुवेतबाट भागेर थाइल्यान्ड आएकी छु । यहाँको साउदी दूतावासले मलाई कुवेत फर्काउन बल प्रयोग गरेको छ’ विमानस्थलभित्रबाट अरबी भाषामा उनले पहिलो ट्विट गरिन् । थाई अधिकारीहरूले उनलाई कुवेत फिर्ता पठाउने प्रयास गरेका थिए, तर आफू असुरक्षित भएको भन्दै उनी फर्किन मानिनन् ।

त्यसपछि उनले सर्वसाधारणलाई विश्वास नै नलाग्ने अर्को ट्विट गरिन्, ‘मेरै परिवारले मलाई हत्या गर्ने डर छ ।’ उनको यो ट्विटले धेरै मानिसको ध्यानाकर्षण ग¥यो । एक ट्विट प्रयोगकर्ताले उनको पहिलो ट्विटसँगै ह्यासट्याग सेभराहफ ट्विट गरे । केही मिनेटपछि इजिप्टेली मूलकी अमेरिकी कार्यकर्ता मोना इल्थावेले अरबी भाषाको सो ट्विटलाई अंग्रेजी भाषामा उल्था गरिन् र आफ्ना हजारौँ फलोअरलाई पठाइन् ।

केही घन्टापछि सो ट्विटले ह्युमन राइट वाचको ध्यानाकर्षण ग¥यो र अन्ततः वाचका बैंककस्थित उपनिर्देशक फिल रोबर्टसनले सो ह्यासट्याग पुनः रिट्विट गरे । लगत्तै रोबर्टसनले १८ वर्षीया रहाफसँग विमानस्थलमा भेट गरेर उनको उद्धारमा जुटे ।

विमानस्थलको होटेल कक्षबाट उनले गरेको ट्विटले ट्विटर समुदायको सहानुभूति र समर्थन जुटाएको थियो । ह्यासट्याग सेभराहफले एक क्षणमै धेरैको ध्यानाकर्षण गरेको थियो । २४ घन्टामा सो ह्यासट्यागमा ५ लाखभन्दा बढी ट्विट भएको ट्विटरले जनाएको छ ।

दुनियाँले मुस्किलले चिनेकी र जम्मा २४ फलोअर भएका उनको २४ घन्टामा २७ हजारभन्दा बढी फलोअर भएका थिए । अहिलेसम्म उनका ९० हजारभन्दा बढी फलोअर भएका छन् । 

यसैबीच, उनलाई राष्ट्रसंघले शरणार्थीको मान्यता दिएको छ । सोमबार साँझ उनलाई राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय युएनएचसिआरको संरक्षकत्वमा सुवर्णभूमि विमानस्थलबाट बाहिर जाने अनुमति दिइएको थियो ।