लागुऔषध गाँजासहित एक पक्राउ
एक किलो २६८ ग्राम लागुऔषध गाँजासहित एक युवकलाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका–६ सागबारीका ३१ वर्षीय राजेश परियार छन् ।
विगत लामो समयदेखि लागुऔषध गाँजाको उत्पादन गरी बिक्री–वितरण गर्दै आएको भन्ने सूचनाको आधारमा निजको घरमा खानतलासी गर्दा लुकाइछिपाई राखेको अवैध लागुऔषध गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
उनका अनुसार कोठाभित्र आफू सुत्ने खाटमुनि बिक्री–वितरणका लागि तयार पारी राखेको एक किलो २६८ ग्राम अवैध लागुऔषध गाँजा बरामद गरिएको हो ।
परियारलाई नियन्त्रणमा लिई लागुऔषध नियन्त्रण ऐन ०३३ बमोजिम कारबाहीका लागि तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।