१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ मङ्सिर १९ बिहीबार ०७:४३:००
Read Time : > 1 मिनेट
विश्व

ट्रम्पलाई महाअभियोग लगाउन पर्याप्त प्रमाण

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर १९ बिहीबार ०७:४३:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउन पर्याप्त प्रमाण भेटिएको उनीविरुद्ध महाअभियोगको अनुसन्धान गरिरहेको एउटा समितिले जनाएको छ । राष्ट्रपति ट्रम्पले राष्ट्रिय स्वार्थभन्दा आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थलाई माथि राखेको संसद्को तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभको गुप्तचरसम्बन्धी हेर्ने समितिले जनाएको हो । आगामी २०२० मा हुने राष्ट्रपति निर्वाचनमा पुन विजयी हुन ट्रम्पले युक्रेनलाई हस्तक्षेप गर्न प्रोत्साहन दिएको र न्यायमा अवरोध पुयाएको समितिको आरोप छ । ट्रम्पले साक्षीलाई तर्साउन खोजेको आरोपसमेत सो समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । तर, ट्रम्पले आफूले कुनै गलत कार्य नगरेको बताउँदै आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन् ।

समितिले प्रतिवेदन सार्वजनिक गर्नुअघि ट्रम्पले सो अनुसन्धानलाई देशद्रोही बताएका थिए । प्रतिवेदन सार्वजनिक भएपछि ह्वाइटहाउसका प्रेस सेक्रेटरी स्टेफेन ग्रिसामले डेमोक्र्याटले ट्रम्पविरुद्धको प्रमाण सार्वजनिक गर्न विफल भएको आरोप लगाउँदै प्रतिवेदनमा डेमोक्र्याटको आक्रोशबाहेक अरू केही नभएको बताए । प्रतिवेदनलाई सदनको न्यायिक समितिमा पठाइएको छ र समितिले बुधबारदेखि नै सुनुवाइ सुरु गर्दै ट्रम्पमाथि औपचारिक रूपमा अभियोग लगाउने विषयमा छलफल गरिरहेको छ ।

के भनिएको छ प्रतिवेदनमा ?
संसद्को तल्लो सदनको गुप्तचर मामिला हेर्ने समितिले मंगलबार प्रतिवेदन सार्वजनिक गरेको थियो । ट्रम्प–युक्रेन अभियोग अनुसन्धान नाम दिइएको सो प्रतिवेदनअनुसार सन् २०२० को राष्ट्रपति निर्वाचनमा पुनः विजयी हुन ट्रम्पले विदेशी हस्तक्षेप गुहारेर महिनौँदेखि आफ्नो पदको दुरुपयोग गरेका छन् । ‘राष्ट्रपति ट्रम्पका गतिविधिले युक्रेनसँगको अमेरिकी विदेश नीतिलाई चुनौती दिएको छ र हाम्रो राष्ट्रिय सुरक्षालाई नजरअन्दाज गरेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा अगाडि भनिएको छ, ‘युक्रेनका नवनिर्वाचित राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी तथा पूर्वराष्ट्रपति जोई बाइडेनमाथि अनुसन्धान गर्न आह्वान गरेका छन् । यो प्रतिवेदन ट्रम्पलाई पदमुक्त गर्न आधार तयार पार्ने हिसाबले आएको छ । दुई महिनाभन्दा धेरै समयदेखि संकलन गरिएको १७ जना साक्षीहरूको बयानमा सो प्रतिवेदन आधारित छ ।

अब के हुन्छ ?
गुप्तर समितिले सार्वजनिक गरेको प्रतिवेदनलाई तल्लो सदनको न्यायिक समितिमा पठाइएको छ । न्यायिक समितिमा त्यसबारे बुधबारदेखि छलफल सुरु भएको छ । ट्रम्पविरुद्ध महाअभियोग प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा समितिले निर्णय गर्नेछ । ट्रम्पमाथि पद दुरुपयोग, न्याय प्रणालीमा अवरोध र कंग्रेसको निन्दा गरेको लगायतका आरोपमा अभियोग लगाउने विषयमा छलफल भएको छ । प्रतिवेदनको निष्पक्षतामाथि प्रश्न उठाउँदै ह्वाइटहाउसले सुनुवाइमा सहभागी हुन अस्वीकार गरेको छ । डेमोक्र्याटले तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभमा यसै वर्षको अन्त्यसम्ममा महाअभियोगबारे मतदान गर्न इच्छुक देखिएका छन् । तल्लो सदनबाट पारित भएपछि माथिल्लो सदनमा पेस हुनेछ ।