१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका महोत्तरी
२०७६ मङ्सिर १९ बिहीबार ०७:३७:००
Read Time : < 1 मिनेट
प्रदेश

जिप दुर्घटनामा दुईको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका महोत्तरी
२०७६ मङ्सिर १९ बिहीबार ०७:३७:००

बर्दिवास नगरपालिका–५ मा एक यात्रुबाहक पिकअप दुर्घटना हुँदा दुईजनाको मुत्यु भएको छ । बिहान करिब ६ बजे भएको दुर्घटनामा एक दर्जन घाइते भएका छन् ।

ना.५च १२२७ नम्बरको पिकअपले गढीमाई मेला दर्शन गरेर फर्केका यात्रु बोकेको थियो । बर्दिवास–५ गढन्ता जाने बाटोनजिक भएको दुर्घटनामा भारत चिताही (जयनगर)का ७० वर्षीया बर्तनिया महतो र धनुषाको धनुषाधाम नगरपालिका–२ का ८० वर्षीया शकुन्तलादेवी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

घाइतेहरूमध्ये सिकिस्त रहेका धनुषाधाम–३ का २७ वर्षीया बबिताकुमारी महतो, सोही ठाउँ बस्ने १८ वर्षीया निशा महतो र २५ वर्षीया सोकिताकुमारी सिंहलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ ।

त्यस्तै १२ वर्षीया विमलकुमारी साह, ३५ वर्षीय सुजीनारायण साह र ५० वर्षीय चन्देश्वर साहलाई जनकपुर अञ्चल अस्पताल रेफर गरिएको एसपी अधिकारीले बताए ।

अन्य घाइतेहरूको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।