मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर १९ बिहीबार ०६:५५:००
Read Time : < 1 मिनेट
समाचार

दोस्रो विश्वयुद्ध लडेका गुरुङको निधन

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १९ बिहीबार ०६:५५:००

दोस्रो विश्वयुद्धमा सहभागी भएका मस्र्याङ्दी गाउँपालिका–७ तांलीचोकका १०३ वर्षीय बखानसिंह गुरुङको निधन भएको छ । ९ कात्तिक १९७३ मा जन्मिएका बखानसिंहले बेलायती सेनाका १ र ६ जिआर पल्टनमा रहेर काम गरेका थिए । 

उनले मलेसिया, बर्मा (म्यानमार), भारत, पाकिस्तान, सिंगापुरलगायत देशमा बेलायतका तर्फबाट लडेका थिए । बर्मामा उनले ‘बर्मा स्टार वार मेडल’ पनि प्राप्त गरेका थिए । बेलायत सरकारले विश्वयुद्ध लडेबापत उनलाई विभिन्न सम्मान दिएको थियो । 

विश्वयुद्ध हुनुअगावै बखानसिंह बेलायती सेनाको गोर्खाली समूहमा अनुबन्धित थिए । बेलायती गोर्खा सैनिकमा उनले १५ वर्ष विताएका थिए । त्यसपछि बेलायतमै बसेर बेलायती सरकारको सेवा गरे । बेलायत सरकारले उनलाई गाँस, बास र कपासको व्यवस्था ग‍रे पनि उनी बेलायत बसेनन् । आफ्नै गाउँघर फर्केर आएका थिए ।