१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका संखुवासभा
२०७६ मङ्सिर १९ बिहीबार ०७:१६:००
Read Time : < 1 मिनेट
प्रदेश

नगरपालिकाको गाडीमा ढुंगामुढा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका संखुवासभा
२०७६ मङ्सिर १९ बिहीबार ०७:१६:००

जिल्लाको पाँचखपन नगरपालिकाको गाडीमा अज्ञात समूहले ढुंगामुढा गरेको छ । नगरपालिकाको को.१ झ ५४० नम्बरको गाडी सदरमुकाम खाँदबारीतर्फ आउँदै गर्दा माक्सुवा भन्ने स्थानमा अज्ञात समूहले ढुंगामुढा गरेको हो ।

पाँचखपन नगरपालिकाको केन्द्र वाना बजारदेखि सदरमुकाम खाँदबारीतर्फ चालक एक्लैले गाडी लिएर आउँदै गरेका थिए । अज्ञात समूहबाट भएको ढुंगामुढाबाट गाडीको अगाडि सिसा फुटेको छ भने अन्य भागमा समेत सामान्य क्षति पुगेको मेयर विपिन राईले बताए । 

उनका अनुसार गाडीमा ढुंगामुढा गरेपछि आगो लगाउने प्रयाससमेत भएको थियो । ढुंगामुढा गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।