मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर १९ बिहीबार ०८:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

एसएसपी राणालाई  कारबाही गर्न गृहमन्त्रालयकाे पत्राचार

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १९ बिहीबार ०८:५३:००

गृहमन्त्रालयले संघीय प्रहरी कार्यालय धरानमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभशमशेर जबरालाई छानबिन गरी कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । एक महिलाको उजुरीका आधारमा मन्त्रालयले प्रारम्भिक छानबिन गरी प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो ।

आफ्नो घरबार बिगारेको र मार्ने धम्की दिएको भन्दै महिलाले राणाविरुद्ध गत २७ कात्तिकमा गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् । एक महिला प्रहरीमाथि दुव्र्यवहार गर्दै आएकोसमेत उजुरीमा उल्लेख छ । सोही घटना सार्वजनिक गरे मारिदिने धम्की दिएको उजुरीमा उल्लेख छ ।

उजुरी परेपछि गृहले गोप्य रूपमा छानबिन गरेको थियो । छानबिनका क्रममा एसएसपी राणा काममा भन्दा पार्टीमा रमाइलो गर्ने र सुनसरी क्षेत्रका खराब मान्छेसँग संगत रहेको पाइएको गृहका एक अधिकारीले बताए । एसएसपी राणाले भने महिलाले आफूविरुद्ध उजुरी दिएकोबारे जानकारी नभएको नयाँ पत्रिकालाई बताए ।