मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस जलालावाद
२०७६ मङ्सिर १८ बुधबार १८:१५:००
Read Time : < 1 मिनेट
विश्व

अफगानिस्तानमा गोली हानी सहायता एजेन्सीका पाँचको हत्या

Read Time : < 1 मिनेट
रासस जलालावाद
२०७६ मङ्सिर १८ बुधबार १८:१५:००

अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने नान्गाहार प्रान्तको जलालावाद शहरमा बुधबार सहायता समूह चढेको सवारीमा आतंककारीले गोली हानी जापानी चिकित्सकसहित पाँच जनाको हत्या गरेका छन् । एक जना घाइते भएका छन् । 

घटनाको पूर्ण विवरण भने आइसकेको छैन । गोलीकाण्डमा जापानी चिकित्सक ७२ वर्षीय तेत्सु नाकामुराको हत्या भएको छ । यात्रामा रहेको सवारी साधनमा आतंककारीले गोली चलाएका सो प्रान्तका प्रवक्ता अतुल्लाह खोग्यानीले बताए । उनले घटनाबारे प्रहरीले अनुसन्धान थालेको जानकारी दिए । 

अफगानिस्तानमा कृषि र सिंचाइका क्षेत्रमा काम गरिरहेको पिस मेडिकल सर्भिस नामको सो गैरसरकारी संस्थाको सवारीमाथि हमला भएको हो ।

गोलीकाण्डको जिम्मेवारी कुनै पनि समूह या व्यक्तिले लिएका छैनन् । तर पनि अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानहरुको हात रहेको अनुमान प्रहरीले गरेको छ ।