मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस नवलपरासी
२०७६ मङ्सिर १८ बुधबार १७:२४:००
Read Time : < 1 मिनेट
समाचार

प्रदेश र स्थानीय तहमा दुई वर्ष काम गर्ने कर्मचारीलाई बढुवाको व्यवस्था : मन्त्री त्रिपाठी 

Read Time : < 1 मिनेट
रासस नवलपरासी
२०७६ मङ्सिर १८ बुधबार १७:२४:००

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले निजामती सेवालाई आकर्षणको थलो बनाउने बताएका छन् । 

पश्चिम नवलपरासीको विभिन्न स्थानमा बुधबार आयोजित स्वागत कार्यक्रममा सम्बोधन गर्दै उनले कर्मचारीको समायोजनमा देखिएको समस्यालाई समाधान गरिने र कर्मचारीसम्बन्धी विधेयकलाई आवश्यकताअनुसार संशोधन गरिने उल्लेख गरे । 

प्रदेश र स्थानीय तहमा निरन्तर दुई वर्षसम्म बस्ने कर्मचारीलाई बढुवाको व्यवस्था गर्ने उनले बताए । स्थानीय तहमा आर्थिक अनुशासन र पारदर्शीतासहित बजेटको पूर्ण सदुपयोग भएमा केन्द्रबाट आवश्यकताअनुसार अनुदानको व्यवस्थापन गरिने उनले जनाए ।