१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ मङ्सिर १८ बुधबार १७:४०:००
Read Time : < 1 मिनेट
समाचार

उपनिर्वाचनमा आचारसंहिता पालना भएन : निर्वाचन पर्यवेक्षण समिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ मङ्सिर १८ बुधबार १७:४०:००

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले उपनिर्वाचनका बेला राजनीतिक दलहरुबाट आचारसंहिता पालना नभएको जनाएको छ । बुधबार उपनिर्वाचन २०७६ को अन्तिम पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा आचारसंहिता उलंघन गर्ने दलहरुलाई कारवाही गर्नुको सट्टा निर्वाचन आयोग राजनीतिक दलहरुलाई सचेत गराउनमा मात्रै सिमिति रहेको समितिले जनायो ।

समितिका सदस्य कपिल शर्माले विगतको तुलनामा आचारसंहिता पालनामा केही राम्रो हुँदै गएको बताए । उनले लोकतन्त्रलाई लोकतन्त्र बनाउने भनेकै चुनाव भएकोले सबै सचेत, सतर्क र क्रियाशिल हुनुपर्ने उल्लेख गरे ।  निर्वाचनमा आवश्यकता भन्दा बढी खर्च गर्ने प्रवृति देखिएको भन्दै यसको रोकथामका लागि राजनीतिक दल सचेत हुनुपर्ने उनले सुझाव दिए । 

निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले मतदान अधिकृतहरुमा केही कमि कमजोरी देखिएको बताए । यादवले निर्वाचन कुन समय गर्ने भन्ने कुरा ऐन नियममै उल्लेख हुनुपर्ने सुझाव दिए । 

समितिका महासचिव डा. गोपालकृष्ण सिवाकोटीले मतदातालाई प्रभावित पार्न धेरै ठाउँमा समूहिक भोज र मदिरा समेत खुवाएको पाइएको बताए ।