मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ मङ्सिर १८ बुधबार १५:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

मेयरको पदभार ग्रहणमा पहिलो निर्णय ‘कर समायोजन’ 

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १८ बुधबार १५:२७:००

धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर तिलक राईले बुधबार पदभार ग्रहण गरेका छन् । 

धरानको गणेशमान चोकमा रहेको गणेशमान सिंहको सालिक र पूर्व मेयर स्व. तारा सुब्वाको सालिकमा माल्यार्पण गरि उनले पदभार ग्रहण गरेका हुन् । 

धरान उपमहानगरपालिकको करको विषयमा उठेका कुरालाई आगामी नगरपरिषद्मा कर समायोजन गरिने प्रस्तावमा उनले हस्ताक्षर गदैं पदभार ग्रहण गरेका थिए । 
कांग्रेसले कर वृद्धिको चुनावी मुद्धा नै बनाएको थियो । कांग्रेसबाट जितेका मेयर राईले कर समायोजन गर्ने पहिलो निर्णय गरेका हुन् । 

पदभार ग्रहण पछि मेयर राईले आफुले पार्टी र व्यक्तिगत एजेण्डा नभएर समग्र नगरवासीको एजेण्डा लिएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीय तहमा कुनै पक्ष र प्रतिपक्ष नहुने बताउँदै दलगत एजेण्डा भन्दा माथि उठेर जनताको काम गर्ने उनले बताए ।

पदभार ग्रहणलगतै कर्मचारी महाशाखा प्रमुखलगायतसहितको बैठक बसेर जनताको काम ढिलासुस्ती नगरि निष्ठापूर्वक गर्न उनले निर्देशन दिए ।