मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १८ बुधबार १४:००:००
Read Time : < 1 मिनेट
समाचार

प्रधानमन्त्री ओलीको स्वास्थ्य क्रमिक सुधार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १८ बुधबार १४:००:००

एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । गत मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि प्रधानमन्त्रीको स्वास्थ्य सुधारको क्रममा रहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बुधबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकारहरुसँग प्रवक्ता श्रेष्ठले मृगौला प्रत्यारोपणका सन्दर्भमा अहिले कुनै पनि निर्णय नभएको बताए । 

मृगौलाको समस्या समाधानका लागि अहिले आवश्यकता अनुसार डायलासिसको प्रकृया जारी रहेको र त्यसपछिको उपचार चिकित्सकहरुको सल्लाह अनुसार हुने उनले बताए ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई गत मंगलबार ‘मनमोहन काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा’ भर्ना गरिएको थियो ।  सोमबार ओलीले एक भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका थिए ।