१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ मङ्सिर १८ बुधबार ११:४४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

के हो अब्सेसिभ कम्पल्सिभ डिसअर्डर ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ मङ्सिर १८ बुधबार ११:४४:००

 आदर्श प्रधान
मनोविज्ञ
होलिस्टिक माइन्ड्स एन्ड लाइफ सेलिब्रेसन सेन्टर

 

अब्सेसिभ कम्पल्सिभ डिसअर्डर अर्थात् ‘ओसिडी’ एक प्रकारको मानसिक रोग हो । यस्तो मानसिक रोग लागेका मानिसले छिनछिनमा विचार वा भावनाहरू दोहो-याउने गर्छन् । यस्तो रोग लागेका मानिस एउटै कामलाई दोहो‍-याइरहन मन गर्छन् । मनमा विचार दोहोरिनु सामान्य कुरा होला ।

तर, छिनछिनमा दोहोरिएका वा फेरिएका विचारले आफूलाई असहज महसुस भई दैनिकीलाई नै असर पु-याएको भए त्योचाहिँ मानसिक रोग हो । यस्तो रोग लागेका व्यक्तिले दोहो-याउन चाहेको कुरा जबर्जस्ती रोके झन् उनीहरू शारीरिक रूपमै अप्ठ्यारो महसुस गर्छन् । यस्तो रोग लागेमा कालान्तरमा डिप्रेसनसमेत हुन सक्छ ।


कारण

  •  अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको आधिकारिक कारण प्रमाणित भइसकेको छैन । तर, अनुसन्धानका अनुसार आनुवंशिक तत्वको कारण यो रोग लाग्छ । तनाव, बायोलोजिकल र वातावरणीय समस्याका कारण पनि यस्तो मानसिक समस्या हुने गरेको पाइन्छ । 

अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको समस्या भएमा मानसिक रोग विशेषज्ञको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ । वेला–वेला मनोपरामर्शदातासँग सल्लाह लिनुपर्छ ।

लक्षण

  •  दिमागमा एउटै विचार बारम्बार दोहो-याउने हुन्छ । मनमा आएका विषय अनावश्यक विचार हुन् भन्ने ज्ञान हुँदाहुँदै पनि यस्ता कुरालाई हटाउन सकिँदैन ।
  •  प्रभावित व्यक्तिमा सधैँ आक्रोशपूर्ण आवेग देखा पर्छ । गम्भीर रोगबाट संक्रमण हुने डर भइरहन्छ । आफूबाट कुनै नराम्रो घटना घट्छ कि भन्ने डर उत्पन्न हुने गर्छ । जसले गर्दा बिरामी धेरैजसो समय तनावमा रहन्छ । 
  •  कसैलाई यस्तो अवस्थामा अत्यन्त डर लाग्नु, चिडचिडापन हुने, पसिना आउने, श्वासप्रश्वास असन्तुलित हुने र मुटुको धड्कन बढ्ने जस्ता समस्या पनि हुन्छ ।
  •  यो रोग लागेकाले बारम्बार हात सफा गरिरहने, ढोकामा ताल्चा लगाए÷नलगाएको, ग्यास बन्द गरे÷नगरेकोबारे भ्रम हुने तथा अनावश्यक सामान राख्न रुचाउने आदि लक्षण देखाउँछन् ।

उपचार विधि

  •  यस्तो प्रकृतिको समस्या भएमा मानसिक रोग विशेषज्ञको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ । वेला–वेला मनोपरामर्शदातासँग सल्लाह लिनुपर्छ ।
  •  प्रायजसो मनोविज्ञले साइकोथेरापीबाट उपचार गर्ने गर्छन् । साइकोथेरापीअन्तर्गत कग्नेटिभ बिहेभियरल थेरापी, एक्सपोजर एन्ड रेस्पोन्स प्रिभेन्सन (इआरपी)बाट गरिन्छ । बिरामीको मात्र नभएर उसका परिवारका सदस्यलाई पनि परामर्शको खाँचो हुन्छ । बिरामीलाई पारिवारिक सहयोग धेरै नै चाहिन्छ । परिवारले गर्ने प्रेम, साथ, उत्प्रेरणाले बिरामी निको हुन महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले परिवारले यसबारे हेलचेक्र्याइँ गर्नुहुँदैन ।
  •  साथै, विश्राम, रेचन अभ्यासलगायत विभिन्न थेरापी गराएर यस्तो रोगबाट बच्न सकिन्छ । उपचारको अर्को विधि एकाग्रता, स्वीकार भाव र आत्मविश्वास बढाउने अभ्यास पनि हो ।
  •  यस्तो समस्या तुरुन्तै निर्मूल हुन भने गाह्रो हुन्छ । त्यसैले धैर्यको आवश्यकता पर्छ ।