मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर १८ बुधबार ११:३१:००
Read Time : < 1 मिनेट
समाचार

ब्राउनसुगरसहित चार पक्राउ

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १८ बुधबार ११:३१:००

सिरहाको गोलबजार नगरपालिका ६ बाट प्रहरीले ब्राउनसुगरसहित चार युवकलाई पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक जनक पुरीको कमाण्डमा खटिएको टोलीले मंगलबार राति दुई जनालाई गोलबजार ३ बाट आठ पोका ब्राउनसुगरसहित स्थानीय दुई युवकलाई पक्राउ गरिएको हो । उनीहरुले दिएको सूचनाको आधारमा गोलबजार ६ बाट थप दुई जना गरी चार जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक पुरीले जानकारी दिए । 

प्रहरी निरीक्षक पुरीका अनुसार पक्राउ पर्नेहरुमा गोलबजार ६ का १८ वर्षीय बालकृष्ण साह, गोलबजार ३ का १८ वर्षीय मनिष श्रेष्ठ, २२ वर्षीय विमलकुमार साह र उनका भाई १८ वर्षीय निलमकुमार साह रहेका छन् । पक्राउ परेकाहरुलाई गोलबजार प्रहरीमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

गोलबजार प्रहरीले चालु आर्थिक वर्ष २०७६/०७७ को साउनदेखि साढे पाँच महिनाको अवधिमा १८ ग्राम ब्राउनसुगरसहित २३ जनालाई पक्राउ गरी लागूऔषध कारोबार सम्बन्धि मुद्दा चलाइएको जनाएको छ ।