Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रञ्जन भण्डारी महोत्तरी
२०७६ मङ्सिर १८ बुधबार ११:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

महोत्तरीमा पिकअप दुर्घटना, दुईको मृत्यु, दर्जन घाइते 

Read Time : < 1 मिनेट
रञ्जन भण्डारी महोत्तरी
२०७६ मङ्सिर १८ बुधबार ११:११:००

महोत्तरीमा पिकअप दुर्घटना  भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दर्जन भन्दा बढि घाइते भएका छन् । बुधबार बिहान गढिमाई मेला दर्शन गरी फर्किएको ना ५ च १२२७ नम्बरको पिकअप अनियन्त्रित बर्दिबास नगरपालिकाको वडा नम्बर ५ गढन्ता नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा  भारत चिताहि (जयनगर) बस्ने ७० वर्षिया बर्तनिया महतो र धनुषाधाम नगरपालिका वडा नं। २ वस्ने वर्ष ८० कि सकुन्तला देवी साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताए । 

धनुषाधाम न.पा.३ वस्ने २७ वर्षिया बविता कुमारी महतो,सोहि ठाउ बस्ने १८ वर्षिया निशा महतो र वर्ष २५ कि सोकिता कुमारी सिंह सहित ३ जनाको अवस्था गम्भिर भएकाले धरान रेफर गरिएको अधिकारीले बताए ।  त्यसतै वर्ष १२ कि बिमल कुमारी साह,वर्ष ३५ कि सुजि नारायण साह र वर्ष ५० का चन्देश्वर साहलाई जनकपुर अंचल अस्पताल रेफर गरिएको छ ।  थप घाईतेहरुको बर्दिवास स्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।  पिकअप  चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको  प्रहरी उपरिक्षक अधिकारीले बताए ।