मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका भक्तपुर
२०७६ मङ्सिर १८ बुधबार ०८:५४:००
Read Time : < 1 मिनेट
प्रदेश

गर्भपतनले विकृति बढेको गुनासो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका भक्तपुर
२०७६ मङ्सिर १८ बुधबार ०८:५४:००

भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले गर्भपतनका कारण नगरक्षेत्रमा विकृति बढ्दै गएको बताएकी छिन् । ‘गर्भपतनको अधिकार महिलाको अधिकार हो,’ उनले भनिन्, ‘प्रविधिको विकासले यसको पहुँच टोलटोलसम्म पुगेको छ, सँगै विकृति पनि बढाएको छ ।’ 

लैंगिक हिंसाविरुद्धको १६ दिवसीय अभियानअन्तर्गत भक्तपुर नगरपालिका–६ मा भएको महिला कानुनी साक्षरता कार्यक्रममा उपप्रमुख जोशीले सहरकै महिलाले पनि हिंसा सहेर बस्ने र पीडा लुकाउने समस्या रहेको बताइन् ।

भक्तपुर न्यायिक समितिकी संयोजकसमेत रहेकी उपप्रमुख जोशीले न्यायिक समितिमा महिलाले महिलामाथि नै हिंसा गरेका घटना नै बढी आउने गरेको बताइन् । 

सरकारले ०७६ लाई ‘बलात्कार र लैंगिक हिंसाविरुद्ध वर्ष’ घोषणा गरेको छ । अहिले ‘समानताको पुस्ता बलात्कारविरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानसमेत चलिरहेको छ ।

‘अहिले लैंगिक हिंसा महिलामा मात्रै सीमित छैन, पुरुषमाथि पनि हिंसा भइरहेको छ,’ अधिवक्ता अनीता जधारीले भनिन्, ‘तर, महिलामा कानुनी ज्ञान कमजोर छ ।’