मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सरोज शर्मा पाँचथर
२०७६ मङ्सिर १७ मंगलबार १९:५२:००
Read Time : < 1 मिनेट
समाचार

आगोले जलेर दुईको मृत्यु

Read Time : < 1 मिनेट
सरोज शर्मा पाँचथर
२०७६ मङ्सिर १७ मंगलबार १९:५२:००

खाना बनाउँदै गर्दा आगोले पोलेर मंगलबार फाल्गुनन्द गाउँपालिका–६ की ४४ वर्षीया बिर्खमाया आङदेम्बेको मृत्यु भएको छ ।

खाना पकाउने चुलोमा घोप्टो पर्दा उनको टाउकोमा पोलेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिर्खमायाँ बेलाबेला बेहोस हुने रोगका कारण लड्ने गरेको स्थानीयले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्लाको फालेलुङ गाँउपालिका–४ मेमेङमा घर आगलागी हुँदो ७० वर्षीया बृद्धा टकरानी थाम्सुहाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलका अनुसार घरमा आगलागी हुँदा उनी एक्लै थिइन् । 

उनी घरमै एक्लै बस्ने गरेको प्रहरीले जनाएको छ ।