१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
अर्जुन श्रेष्ठ धादिङ
२०७६ मङ्सिर १७ मंगलबार १८:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बढीगण्डकी मुआब्जा विवाद चर्कियो, स्थानीयको आन्दोलनपछि वडाअध्यक्षले दिए राजीनामा

Read Time : < 1 मिनेट
अर्जुन श्रेष्ठ धादिङ
२०७६ मङ्सिर १७ मंगलबार १८:५९:००

सरकारले उचित मुआब्जा निर्धारण नगरेको भन्दै धादिङक बुढीगण्डकी जलविद्युत आयोजना डुबान प्रभावितले आन्दोलन थालेपछि उनीहरुको समर्थनमा वडाध्यक्षले राजीनामा दिएका छन् । 

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ७ का वडाध्यक्ष देवराज धरेलले जनताको मतले जितेर जनतको हितमा काम गर्न नसकेपछि राजीनामा दिएको बताए ।

धादिङ र गोर्खा गरी दुई जिल्लाको १७ सय ७० रोपनी जग्गाको सोमबार मुआब्जा निर्धारण गरिएको थियो । धादिङतर्फ एक हजार एक सय ६१ रोपनी क्षेत्रफलको ५० हजारदेखि बढीमा ७ लाख रुपैयाँ प्रति आनासम्म मुआब्जा निर्धारण गरिएको छ । प्रभावितहरुले भने जग्गा हेरेर आनाको २५ लाख रुपैयाँसम्म मुआब्जा पाउनु पर्ने माग गरेका थिए । 

राजीनामा दिएर प्रभावितसँगै आन्दोलनमा उत्रने उनले बताए । ‘सरकारले निर्धारण गरेको मुआब्जाले डुवान प्रभावित मर्कामा परेका छन,’ उनले भने, ‘जनप्रतिनिधि भएर जनताको दुःख हेरेर बस्न सकिएन । उचित मुआब्जाका लागि प्रभावितसँगै चरणबद्ध आन्दोलन गर्छु ।’

धरेलले राजीनामा स्वीकृत नभए पनि डुबान क्षेत्र भित्रको जग्गा रोक्का फुकुवा नभएसम्म काम नगर्ने बताए । स्थानीय सरकारलाई वेवास्ता गरी सरकारले अन्यायपूर्ण मुआब्जा निर्धारण गरेको उनको आरोप छ ।  

मुआब्जाप्रति असन्तुष्टि जनाउँदै प्रभावितले टायर बालेर नाराबाजी गर्दै आन्दोलनको थालेका हुन् । उनीहरुले उचित मुआब्जा र जनप्रतिनिधिको राजीनमा माग गर्दै डवान क्षेत्रका गाउँपालिका कार्यालय, वडा कार्यालय, सडक, शैक्षिक सस्था बन्द गरेका छन् ।