१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७६ मङ्सिर १७ मंगलबार १७:५१:००
Read Time : < 1 मिनेट
समाचार

एक इन्च पनि भूमी छोड्दैनौँ : केसी

Read Time : < 1 मिनेट
मोहन विष्ट कञ्चनपुर
२०७६ मङ्सिर १७ मंगलबार १७:५१:००

राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले कसैलाई एक इन्च पनि आफ्नो भूमी छोड्न नसकिने बतााएका छन् ।

मंगलबार जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले महेन्द्रनगरमा आयोजना गरेको ‘कालापानी’ अभियानको समापन कार्यक्रममा बोल्दै अध्यक्ष केसीले ‘कसैको एक इन्च भूमी लिन पनि नसकिने र कसैका लागि एक इन्च भूमी छोड्न पनि नसकिने बताएका हुन् ।

अध्यक्ष केसीले सन् १९६२ मा चीन र भारतबीच भएको युद्धकै समयमा भारतले चीनसँग लड्न नसकेर दार्चुलास्थित नेपालको भूमी कालापानीमा सेना बसालेको बताए । ‘चीनसँग एक इन्च भूमी लिन भारतले सकेन, ‘अध्यक्ष केसीले भने, ‘त्यही झोकमा नेपाली भूमी लियो ।’ 

राजा, कांग्रेसकै पालादेखि भारतीय सेना कालापानीमा बसेको बताउँदै उनले कम्युनिस्ट सरकारका पालासम्म पनि भारतीय सेना हट्न नसक्नु विडम्वना भएको बताए । अध्यक्ष केसीले सार्वभौमसत्ता, राष्ट्रियता, अखण्डताको पक्षमा भन्दा पनि सौदाबाजी गरेर सत्तामा जाने प्रवृति हावी भएकै कारण नेपाली भूमी भारतीय पक्षबाट अतिक्रमण भएको विश्लेषण गरे ।

नेपालका शासकले जानी जानी भारतीय सेना हटाउन नसकेको अध्यक्ष केसीको दाबी थियो । अध्यक्ष केसीले भारतले मिचेको भूमी फिर्ता गर्नुपर्ने र कालापानीबाट सेना हटाउनुपर्ने माग अघि सारे । 

मातृभूमीका लागि राष्ट्रिय रुपमा एकता गर्नुको विकल्प नभएको बताउदै, दुई तिहाई सरकारले कालापानीको विषय सुल्झाउन सक्ने समेत अध्यक्ष केसीले बताए ।