मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर १७ मंगलबार १३:३१:००
Read Time : < 1 मिनेट
खेलकुद

एथ्लेटिक्समा सन्तोषी श्रेष्ठले भारतकी कवितालाई हराउँदै स्वर्ण पदक हात पारिन

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १७ मंगलबार १३:३१:००

राजधानीमा जारी १३ औँ दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । उनले भारतकी कविता यादवलाई ०.०१ सेकेण्डलेपछि पार्दै नेपाललाई एथ्लेटिक्समा पहिलो स्वर्ण दिलाएकी हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा मंगलबार भएको खेलमा श्रेष्ठले ३५ मिनेट ०७.९४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण पदक हात पारेका थिइन । भारतकी कविताले ३५ मिनेट ०७.९५ को समय खर्चदै रजत पदक जितिन । सोही स्पर्धामा श्रीलंकाकी निलान्थी लङ्काले ३५ मिनेट ५९.०२ सेकेण्डको समय खर्चदै कास्य पदक हात पारिन । 

साग इतिहासमा नेपालको महिला एथ्लेटिक्स खेलाडीले जितेको यो पहिलो स्वर्ण हो । यसअघि सन् २००६ मा श्रीलंकामा भएको सागमा नेपालकी कान्छीमाया कोजुले १० हजार मिटर दौडमा नेपालाई रजत पदक दिलाएकी थिइन । योसँगै १३ औँ सागमा नेपालले २० स्वर्ण पदक हात पारेको छ ।